सांसद सिंहको प्रश्न : निजगढ विमानस्थल भैंसी चराउन बनाउने ?
काठमाडौँ । प्रतिनिधिसभाका सांसद डा.अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलका भाग लिँदै उनले निजगढ विमानस्थल बनाउने कुराप्रति आपत्ति जनाए ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले काम गर्न नसकिरहेका बेला थप विमानस्थल बनाउन आवश्यक नभएको सांसद सिंहको तर्क छ ।
‘निजगढ एयरपोर्ट बनाउने कुरामा मेरो आपत्ति छ । किनकि निजगढ एयरपोर्ट यता दुईवटा इन्टरनेशनल एयरपोर्ट काम गर्न सकिरहेका छैन । अर्को निजगढ एयरपोर्टको आवश्यक्ता के ? खाली फाष्ट ट्रयाक जोड्नका लागि एयरपोर्ट चाहिन्छ ? त्यो आवश्यक छैन’, सांसद सिंहले भने, ‘त्यसकारणले विदेशीको ऋण लिने, त्यो ऋण लिएर एयरपोर्ट बनाउने । तर, त्यसमा सोही अनुसारको व्यवस्था नहुने । र, अहिले पनि बजारमा भनिएको छ कि निजगढ एयरपोर्ट बनाउने । के त्यहाँ भैंसी चराउनका लागि एयरपोर्ट बनाउने ? मधेशमा भैंसी धेरै पाउँछ ।’
सांसद सिंहले हवाई उडानको सुरक्षामा विशेष ध्यान दिन सरकारलाई सचेत समेत गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ वटा विश्वविद्यालय निमित्त उपकुलपतिको भरमा, नीतिगत निर्णयमा अप्ठ्यारो
-
इभी गाडी आयात सम्बन्धमा संसदीय छानबिन समिति चाहिन्छ : राप्रपा
-
लागुऔषधको आपूर्ति सञ्जाल तोड्न सांसदहरूको माग
-
नागढुंगाबाट १४ थान आइफोन बरामद
-
लागुऔषधको उत्पादनदेखि व्यवसायसम्म ‘सेटिङ’ हुने गरेको सांसद दुलालको दाबी
-
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण