अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
मङ्गलबार, १२ साउन २०८३, १५ : ०६
तेहरान । हालैका अमेरिकी आक्रमणका क्रममा देशका १२ वटा पुल र दुई वटा सुरुङ क्षतिग्रस्त भएको इरान सरकारले जनाएको छ ।
सरकारी प्रवक्ता फातेमेह मोहाजेरानीले मंगलबार आयोजित टेलिभिजन पत्रकार सम्मेलनमा सार्वजनिक पूर्वाधारसँगै सर्वसाधारणको निजी सम्पत्तिमा पनि व्यापक क्षति पुगेको बताइन् । उनका अनुसार आक्रमणका कारण स्थानीय नागरिकका घर, व्यवसाय तथा अन्य निजी सम्पत्तिमा ठूलो नोक्सानी भएको छ ।
मोहाजेरानीले विशेषगरी तटीय क्षेत्रमा रहेका माछा मार्ने डुंगाहरू गम्भीर रूपमा क्षतिग्रस्त भएको जानकारी दिइन् ।
ती डुंगा स्थानीय मछुवाहरूको जीविकोपार्जनको मुख्य आधार रहेको उनले बताइन् । उनले पर्यटन व्यवसाय पनि आक्रमणबाट प्रभावित भएको उल्लेख गर्दै होटल, सेवा क्षेत्र तथा पर्यटनसँग सम्बन्धित अन्य गतिविधिमा उल्लेखनीय क्षति पुगेको दाबी गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाको घोषणा कार्यान्वयन नहुँदै अस्ताए गोपालमान
-
फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने, मुख्य भूमिकामा साइग्रेस
-
एकैदिन ४२ विपद्का घटना
-
कुलमान घिसिङ भन्छन्– सांसदहरूले आफ्नै तलबबाट स्वकीय राख्नुहोस्
-
गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही
-
चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण