मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

पुनम अग्रवालको प्रश्न : निर्वाचन खर्च घटाउन र विदेशमा रहेका नेपालीलाई छिटो मतदानको अधिकार दिने योजना के छ ?

मङ्गलबार, १२ साउन २०८३, १५ : ०१
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद पुनम अग्रवालले निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन प्रविधिको प्रयोगमा जोड दिएकी छन् ।
  • उनले निर्वाचनमा राज्य र उम्मेदवारको अत्यधिक खर्च घटाउन प्रविधिको प्रयोगबारे योजना माग गरेकी छन् ।
  • सांसद अग्रवालले विदेशमा रहेका नेपालीलाई छिटोभन्दा छिटो मतदानको अधिकार दिनुपर्ने र यसका लागि फास्ट ट्र्याक योजना हुनुपर्ने बताएकी छन् ।

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद पुनम अग्रवालले निर्वाचन प्रणालीलाई मितव्ययी बनाउन र आधुनिक प्रविधिको प्रयोगमार्फत उम्मेदवारहरूको खर्च नियन्त्रण गर्नुपर्ने बताएकी छन् ।

प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको संसदीय सुनुवाइका क्रममा बोल्दै सांसद अग्रवालले निर्वाचन खर्च र विदेशमा रहेका नेपालीको मताधिकारका विषयमा केन्द्रित रहेर प्रश्नहरू उठाएकी हुन् । 

सांसद अग्रवालले निर्वाचन दिनप्रतिदिन खर्चिलो बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै यसलाई प्रविधिमार्फत कसरी कम गर्न सकिन्छ भनी जिज्ञासा राखिन् ।

‘निर्वाचनमा हुने राज्यको खर्च र उम्मेदवारहरूले गर्ने अत्यधिक खर्चलाई न्यूनीकरण गर्न तपाईंसँग के योजना छ? टेक्नोलोजी भित्र्याएर निर्वाचनलाई कसरी कम खर्चिलो र पारदर्शी बनाउन सकिन्छ,’ अग्रवालले भनिन् ।  अग्रवालले उम्मेदवारहरूले गर्ने अस्वस्थ प्रतिस्पर्धा र खर्चलाई प्रविधिको माध्यमबाट नियमन गर्ने ठोस मार्गचित्र उनले माग गरिन् । 

लाखौँ नेपाली नागरिकहरू विदेशमा रहेको र उनीहरूले देशको अर्थतन्त्रमा ठुलो योगदान पुर्‍याइरहेको उल्लेख गर्दै सांसद अग्रवालले उनीहरूलाई छिटोभन्दा छिटो मतदानको अधिकार दिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘विदेशमा भएका नेपालीहरूलाई भोटिङ राइट दिन अब धेरै ढिला गर्नु हुँदैन। उनीहरूले आफ्नै स्थानबाट मतदान गर्न पाउने वातावरण छिटोभन्दा छिटो कसरी निर्माण गर्न सकिन्छ ? यसका लागि तपाईंसँग कस्तो ‘फास्ट ट्र्याक’ योजना छ ?’

सांसद अग्रवालले निर्वाचन आयोगले केवल आश्वासन मात्र दिने नभई व्यवहारमै प्रविधि भित्र्याएर निर्वाचन प्रणालीमा आमूल परिवर्तन ल्याउनुपर्ने धारणा राखिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप