प्रदर्शनमा प्रहरीको हत्या गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड
सारांश
- जनवरी महिनामा भएको सरकारविरोधी प्रदर्शनका क्रममा प्रहरी अधिकारीहरूको हत्या गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड दिइएको छ ।
- दुवै जनाले प्रहरी अधिकारीहरूलाई डोरीले साइनपोस्टमा बाँधी ढुंगाले आक्रमण गरेका थिए, त्यसपछि उनीहरूमाथि पेट्रोल खन्याएर आगो लगाइएको र जीवित अवस्थामै धारिलो हतियारले आक्रमण गरिएको आरोप लगाइएको छ ।
- संयुक्त राष्ट्रसंघले यी मृत्युदण्डहरू निष्पक्ष न्यायिक प्रक्रियाको मापदण्ड पूरा नगरेको भन्दै तत्काल मृत्युदण्ड रोक्न इरानलाई आग्रह गरेको छ ।
तेहरान । जनवरी महिनामा भएको सरकारविरोधी प्रदर्शनका क्रममा प्रहरी अधिकारीहरूको हत्या गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड दिइएको छ ।
सरकारी समाचार संस्था फार्सका अनुसार उनीहरूलाई मंगलबार मृत्युदण्ड दिइएको हो । फार्सका अनुसार दुवै जनाले जनवरी १८ मा इस्फाहानको शहिद अलिखानी चोकमा भएको प्रदर्शनका क्रममा प्रहरी अधिकारीहरूलाई डोरीले साइनपोस्टमा बाँधी ढुंगाले आक्रमण गरेका थिए । त्यसपछि उनीहरूमाथि पेट्रोल खन्याएर आगो लगाइएको र जीवित अवस्थामै घिसार्दै चक्कु तथा खुकुरीजस्ता धारिलो हतियारले आक्रमण गरिएको आरोप लगाइएको छ ।
संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयका अनुसार उक्त घटनामा चार सुरक्षा अधिकारीको मृत्यु भएको आरोपमा कम्तीमा १२ जना युवालाई मृत्युदण्ड सुनाइएको थियो । तीमध्ये दुई जनालाई जुलाई १९ मा नै मृत्युदण्ड दिइसकिएको थियो भने थप दुई जनालाई अहिले मृत्युदण्ड दिइएको हो ।
संयुक्त राष्ट्रसंघले यी मृत्युदण्डहरू निष्पक्ष न्यायिक प्रक्रियाको मापदण्ड पूरा नगरेको देखिने सुनुवाइपछि गरिएको भन्दै तत्काल मृत्युदण्ड रोक्न इरानलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका अनुसार यस वर्ष मात्रै जनवरी प्रदर्शनसँग सम्बन्धित आरोपमा कम्तीमा २४ जनालाई मृत्युदण्ड दिइसकिएको छ ।
यसैबीच, प्रदर्शनका क्रममा भएको मृत्युबारे सरकारी र स्वतन्त्र स्रोतका तथ्यांकमा ठूलो अन्तर देखिएको छ । इरानी सरकारले प्रदर्शनका क्रममा ३ हजार ११७ जनाको मृत्यु भएको जनाएको छ । तर अमेरिकास्थित मानवअधिकार संस्था एचआरएएनए ले ७ हजारभन्दा बढी मृत्युको अभिलेख तयार गरिसकेको र थप करिब १२ हजार मामिलाको अनुसन्धान गरिरहेको जनाएको छ ।
इरानसम्बन्धी संयुक्त राष्ट्रसंघकी विशेष प्रतिवेदक माइ सातोले नागरिकको मृत्यु संख्या २० हजारभन्दा बढी हुन सक्ने अनुमान गरेकी छन् । यद्यपि, सरकारले लगाएको इन्टरनेट प्रतिबन्धका कारण वास्तविक अवस्था स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीको दाबीमा ऊर्जामन्त्रीको जवाफ : २० होइन, ऊर्जामा पहिलो सल्लाहकार नियुक्त !
-
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा, सावधानीपूर्वक सवारी चलाउन आग्रह
-
आयुक्तहरूको कार्ययोजना : प्रविधि र विदेशमा मतदानको एजेन्डा, सांसदका प्रश्न– कसरी पत्याउने ?
-
नेपालको अबको साझा एजेन्डा लगानी मात्रै हो : अर्थमन्त्री
-
कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक
-
कांग्रेस आधिकारिकता विवादः असन्तुष्ट पक्षको दोस्रो पुनरावलोकन निवेदन सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण