सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

वर्तमान सरकारको विकल्प आवश्यक छ, अब आयु लामो छैन: एमाले सचेतक

बजेट आनन्दले संसदबाट पास हुन्छः सांसद सापकोटा
शुक्रबार, ०८ असार २०८०, २२ : ००
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु लामो नरहेको दाबी गरेका छन् । अब सरकारको विकल्प खोज्ने बेला आएको उनको भनाइ छ । 

शुक्रवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा सचेतक बर्तौलाले वर्तमान सरकारको आयु वर्ष नभएर केही दिनसम्म मात्रै रहेको दाबी गरे । 

उनले वर्तमान सरकार जनादेशअनुसार नबनेको बताए । बर्तौलाले सरकारले जनतालाई डेलिभरी दिन नसकेको मात्रै नभएर राष्ट्र हितको प्रवर्द्धन गर्न समेत नसकेको बताए । 

उनले   मुलुकलाई विकास, सुशासन र समृद्धिको पथमा हिँडाउन सामर्थ्य र योग्यता प्रदर्शन गर्न सरकारले नसकेको बताए ।

बजेटमार्फत देशलाई आर्थिक समस्या समाधान गर्छ भन्ने सन्देश दिन समेत नसकेको भन्दै उनले सरकार अस्थिर, कमजोर बनेको आरोप लगाए । उनले अब वर्तमान सरकारको विकल्प आवश्यक देखिएको उनले दोहोर्‍याए । 

बर्तौलाले वर्तमान सरकार पाँच वर्ष टिकोस् भन्ने भएपनि परिस्थितिले आयु लामो नदेखिएको टिप्पणी गरे । जनादेश अनुसार सरकार बनाउँदा स्थिर सरकार बन्न सक्छ भन्ने एमालेको धारणा रहेको उनको भनाइ छ । 

वर्तमान सरकार अन्तर्विरोध, असमझदारी र सत्ता गठबन्धन दलका बीचमा अविश्वासले आक्रान्त भएको उनले बताए । 

‘वर्तमान सरकार भित्रभित्र थिलथिलो भएको छ । अन्तर्विरोध, असमझदारी र सत्ता गठबन्धन दलका बीचमा अविश्वासले आक्रान्त भएर पूरै मक्किएको अवस्था छ । मक्किएको सरकारलाई एमालेले सामान्य रूपमा छुँदा पनि ढल्ने अवस्था छ’, उनले भने । 

उनले थपे, ‘यो अस्थिर, कमजोर सरकार र जनादेश विपरीतको अप्राकृतिक सरकार हो । त्यसकारणले गर्दा सरकारको विकल्प आवश्यक देखिएको छ । एमालेलाई पाँच वर्ष यही गठबन्धनको सरकार बनोस् भन्ने थियो । जनताको जनादेश अनुसार सरकार बनाउँदा स्थिर सरकार बनाउन सकिन्छ । सरकारको आयु केही दिनको मात्रै रहेको छ ।’

त्यस्तै, नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले  भने एमाले र काँग्रेसको सरकार बन्ने विषय आधारहीन बहस भएको टिप्पणी गरे । 

उनले सरकार परिवर्तन हुने विश्लेषण गर्न मिले पनि अहिले तत्काल एमाले र काँग्रेसका बीचमा सत्ता साझेदारी गर्ने तहको धरातल विकास नभएको दाबी गरे । 

उनले सरकारले ल्याएको बजेट असन्तुलित भएको कुरा माओवादीले पनि बोलेको भन्दै बजेट पास भने भइछाड्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप