सरकारले विमान खरिद प्रक्रियालाई साहसका साथ अघि बढाउनु पर्छः नेता खड्का
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री डा नारायण खड्काले विमान खरिद गर्ने कामलाई साहसका साथ अघि बढाउन सरकारलाई आग्रह गरेका छन् ।
धेरै ठूलो सम्भावना रहेको नेपालको पर्यटन क्षेत्रलाई अघि बढाउनका लागि विमान खरिदको कामलाई सरकारले हिम्मतका साथ अघि बढाउनुपर्ने उनको भनाई थियो । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै नेता खड्काले विमान खरिद हुन नदिनका लागि अदालतमा मुद्दा हाल्नेलगायतका लफ्डा हुने भएपनि सरकारले पारदर्शी रुपमा सो प्रक्रियालाई अघि बढाउन ढिलाइ गर्न नहुने बताए ।
खड्काले हवाई उडानका लागि आईकाओले लगाएको प्रतिबन्ध फुकुवा गर्ने कामलाई पनि सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
उनले भने, ‘नयाँ जहाज किन्ने कुरामा अनेक खालको लफडा हुन्छ । कसैले अदालतमा मुद्दा हाल्छन् । भ्रष्टाचारको कुरा आउँछ । तथापि हामीहरूले जे भने पनि साहसका साथ, हिम्मतका साथ जहाजहरु पारदर्शी ढंगले खरिद गरेर अनि आईकाओको कन्डिशनलाई हटाउन सकियो भने धेरै ठूलो मार्केट छ पर्यटन क्षेत्रको । जहाजकै समस्या भएपछि हामीले कसरी पर्यटन क्षेत्रको विकास गर्ने ? त्यसकारण यो बारेमा हामीले अत्यन्तै गम्भीरतापूर्वक हुनु पर्दछ ।’
नेता खड्काले नीति तथा कार्यक्रममा परेको सगरमाथा विमानस्थलका लागि बजेट विनियोजन नगरिएकोमा अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति आक्रोश समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण