आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने २ जना प्रहरी नियन्त्रणमा

शुक्रबार, ०८ असार २०८०, २० : २१
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका २ जना चालकलाई नियन्त्रणमा लिइएको छ । 

काठमाडौँको तार्केश्‍वर नगरपालिका ६ स्थित धर्मस्थलीमा शुक्रबार गरिएको चेकिङमा उनीहरुलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार रामेछाप घर भएका २१ वर्षीय रविन मगर र काठमाडौँको तार्केश्‍वर नगरपालिका ६ का २२ वर्षीय लक्ष्मण बानीयालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका ‍उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त बालाजुमा राखिएको ट्राफिक प्रहरीले जनाएको छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकी धर्मस्थलीको संयुक्त टोलीले शुक्रबार २१ वटा सवारी साधनका चालकमा चेक गरिएको थियो । जसमध्ये २ जना लागूपदार्थ सेवन गरी  सवारी साधन चलाएको अवस्थामा फेला परेका थिए ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप