यो साता ह्वात्तै घट्यो सुनचाँदीको मूल्य
काडमाडौँ । यो साता नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको हो । महासंघका अनुसार यो साता सुनको मूल्यमा प्रतितोला २ हजार र चाँदीको मूल्यमा प्रतितोला ९० रुपैयाँको गिरावट आएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ थियो ।
जबकी, यो साताको शुक्रबार छापावाल सुनको कारोबार प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ छ । यो एक सातामा आएको २ हजार रुपैयाँको गिरावटपछिको कारोबार मूल्य हो । यस्तै, यो साता चाँदीको मूल्यमा समेत उच्च गिरावट आएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ कायम थियो । यो सातामा ९० रुपैयाँ प्रतितोलाले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
-
नेकपाले भन्यो– सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश बन्दैन
-
बजेट विवाद चर्किएपछि मुख्यमन्त्री शाहद्वारा एमालेका चार मन्त्री बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण