आगामी दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत पुग्छ : ऊर्जामन्त्री बस्नेत
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत पुर्याउने घोषणा गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।
मन्त्री बस्नेतले हालसम्म ९६ प्रतिशत नेपालीहरुको पहुँचमा विद्युत पुगेको उल्लेख गर्दै आगामी २ वर्ष भित्रै सबैले भरपर्दो र गुणस्तरीय विद्युत सेवा पाउनेगरी योजना बनाइएको र त्यसलाई कार्यान्वयनमा लगिने बताए । उनले भने, ‘देशमा हालसम्म विद्युत उत्पादनको जडित क्षमता यस आवमा ४६२ मेघावाटले थप भई २७३२ मेघावाट पुगेको छ । र, ९६ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको आजको अवस्था हो । आगामी २ वर्ष भित्रमा सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्ने गरी तयार गरिएको योजनालाई कार्यान्वयन गरिनेछ ।’
उनले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका आगामी दुई वर्षभित्र विद्युतीकरण गरिसक्ने लक्ष्यका साथ सरकारले काम गरिरहेका दावी समेत गरे । मन्त्री बस्नेतले विद्युत खपतका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउने र खाना पकाउने एलपी ग्यासको परनिर्भरता घटाउँदै लैजाने सरकारले नीति रहेको स्पष्ट पारे ।
मन्त्री बस्नेतले मुलुकलाई आत्मनिर्भर हुने गरी विद्युतको उत्पादन र बजारीकरणको कामलाई सरकारले प्राथमिकता दिएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक रिपब्लिकमाथि दक्षिण कोरिया हाबी, यस्तो छ खेलको तथ्याङ्क
-
रेड कार्डको वर्षासँगै विश्वकप २०२६ को सुरुवात : के हामी पुराना दिनतर्फ फर्किँदैछौँ ?
-
दीपक भट्ट र सुलभ अग्रवालको विशेष अदालतमा बयान
-
मृत्युको मुखबाट फर्किएर विश्वकपका नायक बनेका जिमेनेज
-
‘दुःखका कुरै नगरौं, बसमा झुण्डिएर बस्थेँ, भाडा माग्नुअघि नै झर्थें’
-
हुम्ला अस्पतालमा किशोरकिशोरी–मैत्री सेवा सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण