आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सातौं राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबल लिग असार २३ गतेदेखि

सोमबार, ११ असार २०८०, १८ : ०२
सोमबार, ११ असार २०८०

काठमाडौँ । सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग आगामी असार तेस्रो सातादेखि सुरु हुने भएको छ ।  

नेपाल भलिबल संघको आयोजनामा आगामी असार २३ देखि ३० गतेसम्म पुरुष तथा महिला भलिबल क्लब लिग हुने भएको हो । यसै संस्करणदेखि प्रतियोगितामा प्रधानमन्त्री कप नाम राखिएको छ । संघले सोमवार एक कार्यक्रम आयोजना गर्दै प्रतियोगिताका बारेमा जानकारी दिएको हो । क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ आठ र महिलामा ६ टोलीले प्रतिष्पर्धा गर्दैछन् । पाँच महिना अगाडि सम्पन्न क्लब भलिबल च्याम्पियनसिपबाट छनोट भएका टोलीले क्लब भलिबल लिग खेल्न लागेका हुन् ।

पुरुषमा टिपटप हेल्प नेपाल स्पोटर््स क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस, दावाली मिलन क्लब, केशवलाल स्मृति प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल क्लब संघ र शैलुङ बागढुङ्गा स्पोटर््स क्लबले चुनौती प्रस्तुत गर्नेछन् । महिलामा भने नेपाल पुलिस, न्यु डायमन्ड युथ स्पोटर््स क्लब, एपिएफ, आर्मी, एभरेस्ट भलिबल क्लब र गण्डकी प्रदेश भलिबल क्लबले प्रतिष्पर्धा गर्नेछन् । प्रत्येक टोलीले तीन जना विदेशी खेलाडी समावेश गर्न पाउने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

पुरुष र महिला दुवै तर्पm शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले क्रमशः ६ लाख, तीन लाख र एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । चौथो स्थानमा रहने टोलीले भने ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले ४० लाख रुपैयाँ सहयोग गरेको संघले जनाएको छ । पुरुषतर्फm क्लब लिगको उपाधि भिडन्त तय गर्ने दुई टोलीले पहिलोपटक हुन लागेको काभा क्लब भलिबल च्याम्पियनसिपमा खेल्नेछन् ।

नेपाल भलिबल संघको आयोजनामा पहिलोपटक काभा क्लब भलिबल च्याम्पियनसिप नेपालमा नै हुँदैछ । त्यसका लागि संघले प्रक्रिया अगाडि बढाइसकेको छ । सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) का अध्यक्ष मोहमेद लथिफले नेपाललाई पहिलोपटक काभा क्लब भलिबल च्याम्पियनसिप आयोजना गर्न दिने संकेत गरिसकेको चन्दले जानकारी दिए । यद्यपि, स्वीकृति पत्र भने आउने बाँकी रहेको उनको भनाइ छ ।       

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप