आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद खतिवडाको प्रश्न : पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीको नामबाट झरेको पानी खानुपर्ने हो ?

सोमबार, ११ असार २०८०, १८ : ३९
सोमबार, ११ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीहरुको नाम लेखिनुको कारण पत्ता लगाउन आवश्यक रहेको बताएका छन् । 

सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले जलहरीमा जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वसंस्कृतिमन्त्रीको नामबाट पशुपतिनाथलाई पानी खुवाउनुपर्ने हो ? भन्दै प्रश्न गरे । उनले महादेवलाई नामबाट खुवाउने चलन किन परेछ ? भन्नेकुराको सत्यतथ्य आउनुपर्ने बताए ।  

उनले भने, ‘हामीले कसैलाई पनि मिथ्या आरोप लगाएर राजनीति गर्दैनौँ । हामीलाई झुटको राजनीति गर्नुछैन । तर त्यो भन्दा ठूलो कुरा भनेको जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वसंस्कृतिमन्त्रीको नामबाट आएको पानी हामीले खानुपर्ने रहेछ, यो बाध्यता किन गरियो ? महादेवलाई उहाँहरुको नामबाट पानी खुवाउने चलन पशुपतिनाथलाई खुवाउने चलन किन परेछ ? यसमा छलफल गर्नुपर्छ । सत्यतथ्य ल्याओस् ।’

सांसद खतिवडाले कांग्रेस मिथ्या आरोप लगाएर राजनीति गर्ने पक्षमा नरहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप