सांसद खतिवडाको प्रश्न : पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीको नामबाट झरेको पानी खानुपर्ने हो ?
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीहरुको नाम लेखिनुको कारण पत्ता लगाउन आवश्यक रहेको बताएका छन् ।
सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले जलहरीमा जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वसंस्कृतिमन्त्रीको नामबाट पशुपतिनाथलाई पानी खुवाउनुपर्ने हो ? भन्दै प्रश्न गरे । उनले महादेवलाई नामबाट खुवाउने चलन किन परेछ ? भन्नेकुराको सत्यतथ्य आउनुपर्ने बताए ।
उनले भने, ‘हामीले कसैलाई पनि मिथ्या आरोप लगाएर राजनीति गर्दैनौँ । हामीलाई झुटको राजनीति गर्नुछैन । तर त्यो भन्दा ठूलो कुरा भनेको जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वसंस्कृतिमन्त्रीको नामबाट आएको पानी हामीले खानुपर्ने रहेछ, यो बाध्यता किन गरियो ? महादेवलाई उहाँहरुको नामबाट पानी खुवाउने चलन पशुपतिनाथलाई खुवाउने चलन किन परेछ ? यसमा छलफल गर्नुपर्छ । सत्यतथ्य ल्याओस् ।’
सांसद खतिवडाले कांग्रेस मिथ्या आरोप लगाएर राजनीति गर्ने पक्षमा नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण