काठमाडौँ उपत्यकामा खानेपानीको वैकल्पिक व्यवस्थाका लागि अध्ययन भइरहेको छ : मन्त्री यादव
काठमाडौँ । खानेपानीमन्त्री महिन्द्र राय यादवले याङ्ग्री र लार्केबाट मेलम्ची खानेपानीको मुख्य सुरुङमा पानी जोडेपछि काठमाडौँमा बाह्रै महिना खानेपानी उपलब्ध हुने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री यादवले याङ्ग्री र लार्के छिटोभन्दा छिटो सुरु गर्ने मन्त्रालयको योजना रहेको बताए । उनले याङ्ग्री र लार्केबाट पथान्तर गर्ने पानी सिधै सुरुङबाट मेलम्चीमा जोड्नेगरी काम अगाडी बढिरहेको भन्दै यसो हुँदा काठमाडौँ उपत्यकामा बाह्रै महिना खानेपानीको उपलब्धता हुने बताए ।
मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीको वैकल्पिक व्यवस्थाका लागि ललितपुरको तोस्ने खोला र मकवानपुरको सिस्ने खोलामा अध्ययन भइरहेको पनि बताए ।
उनले भने, ‘याङ्ग्री र लार्के छिटोभन्दा छिटो सुरु गर्ने मन्त्रालयको योजना रहेको छ । मेलम्ची नदीको माथिल्लो भागमा धेरै जोखिम रहेकोले याङ्ग्री र लार्केबाट पथान्तर गर्ने पानी सिधै सुरुङबाट मेलम्चीमा जोड्नेगरी कन्सेप्ट अगाडी बढिरहेको अवस्थामा अन्तिम रुप दिइएको छ । सोही अनुसार याङ्ग्री र लार्केको योजना अन्तर्गत पानी मुख्य सुरुङमा जोडिएपछि मेलम्ची खानेपानी आयोजना पूर्ण रुपमा सञ्चालन भई काठमाडौँ उपत्यकाभित्र बाह्रै महिना, चौबिसै घण्टा पानी उपलब्ध हुने सुनिश्चिता हामी दिलाउन चाहन्छौँ । यसका साथै काठमाडौँ उपत्यकाका लागि खानेपानी वैकल्पिक व्यवस्थाको लागि ललितपुरको तोस्ने खोला र मकवानपुरको सिस्ने खोलाको अध्ययन कार्य भइरहेको छ । काठमाडौँ उपत्यकालाई मेलम्ची खानेपानी पूर्ण नयाँ वितरण लाइन प्रणालीबाट पानी वितरण गर्ने लक्ष्य रहेको छ । हाल परीक्षण भइरहेका नयाँ वितरण लाइनबाट केही स्थानमा पानी वितरण भएतापनि अधिकांश पुरानै वितरण सञ्जालबाट पानी वितरण रहेकोले पानी समस्या देखिएका छन् । नवनिर्मित सञ्जालबाट पानी वितरण भएपछि पानीको समस्या समाधान हुने र पानी सिधै उपयोग गर्न सकिने सबैमा जानकारी गराउँछु ।’
मन्त्री यादवले मेलम्ची खानेपानी नयाँ लाइनबाट वितरण गर्ने लक्ष्य राखिएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण