३६ दिनमा सकियो निश्चलको ‘दिमाग खराब’

काठमाडौँ । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ को छायाङ्कन पूरा भएको छ । छायाङ्कन सुरु भएको ३६ दिनमा फिल्म सकिएको निर्माण युनिटले जनाएको छ ।
सोमबार काठमाडौँको पिंगलास्थानस्थित नेपाल फिल्म क्याम्पसमा फिल्मको अन्तिम दृश्य खिच्दै फिल्म इन्ड क्ल्याप गरिएको हो । ४० दिनको सेडुल बनाएर छायाङ्कनमा निस्किएको फिल्म ४ दिन अगावै सकिएको हो । फिल्म काभ्रेको पाँचखाल र काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भएको छ ।
जनता र शक्तिको कथामा बनेको फिल्मको आगामी कात्तिक २४ गते प्रदर्शन मिति तय भएको छ । फिल्म मार्फत निश्चल ६ वर्षपछि निर्देशनमा कम ब्याक गरेका हुन् । फिल्ममा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा र विजय बरालको मुख्य भूमिका छ ।
स्वस्तिमाले पहिलो पटक श्रीमान् निश्चल बस्नेतको निर्देशनमा फिल्म गरेकी हुन् । उनीहरुले यसअघि आधा दर्जनभन्दा बढी म्युजिक भिडियो र फिल्म ‘घामड शेरे’ मा भने एकसाथ अभिनय गरेका थिए ।
ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायाङ्कन, जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत छ । फिल्मको निर्मातामा रौनक विक्रम कँडेल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोडसेडिङको युग सकियो, अब विद्युतमा विश्वसनीयता आवश्यक : हितेन्द्रदेव शाक्य
-
लगानीका लागि आवश्यक र उपयुक्त क्षेत्रहरू प्रशस्त छन् : मन्त्री दाहाल
-
Live Updates : सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
-
किट विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत्यु प्रकरण : नियमित हाजिरी चेक गर्दा प्रिसाको कोठाबाट आवाज नआएपछि...
-
पाँचौँ भजहर कप फुटबलमा पुलिस क्लब र कर्मचारी ग्रुप विजयी
-
प्रिसा साह मृत्यु प्रकरण : कीट विश्वविद्यालयद्वारा दुःख व्यक्त