रविमाथि प्रश्न उठेपछि आन्तरिक छलफलमा रास्वपा
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्रीको राजीनामा र छानबिनको माग गर्दै संसद अवरोध गरिरहेको बेला, सभापति रवि लामिछानेको नैतिकतामाथि प्रश्न उठेको छ।
- नेपाली कांग्रेसका प्रमुख सचेतकले रवि लामिछानेको नैतिकता र रास्वपाका सांसदहरूको नैतिकतामाथि प्रश्न उठाएका थिए।
- गैरकानुनी रकम अपचलन आरोपमा लामिछाने थुनामा रहेको र उनको सांसद पद निलम्बनमा परेको जानकारी गराइएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नैतिकताको कुरा गर्दै भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग राख्दै संसद् अवरोध गरिरहेका बेला आफ्नै पार्टी सभापति रवि लामिछानेको नैतिकताका बारेमा प्रश्न उठेपछि रास्वपाले सरोकार राख्दै आन्तरिक छलफल थालेको छ ।
आइतबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले रवि लामिछाने कुन नैतिकताले पार्टी सभापतिमा रहिरहेका छन् ? र उनको पार्टीका सांसदहरूले अन्य पार्टीलाई कुन आधारमा नैतिकताको कुरा गरिरहेका छन् भन्दै प्रश्न गरेका थिए ।
‘सार्वजनिक रूपमा प्रश्न उठेपछि उठेका प्रश्नबारे कसरी जवाफ दिने भनेर हामी आन्तरिक छलफलमा छौँ’, रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले भने, ‘आइतबार पनि एक चरण छलफल भएको छ । थप छलफल गर्छौँ ।’
विभिन्न सहकारीबाट गैरकानुनीरूपमा रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने रुपन्देही जिल्ला कारागार कार्यालयमा थुनामा छन् । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत छानबिन भइरहेको छ । सोही जानकारी प्रहरीले संघीय संसद् सचिवालयलाई गराएपछि गत पुस ८ गते सभामुख देवराज घिमिरेले लामिछानेको सांसद पद निलम्बनमा रहेको जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण