४ जना मृतावस्थामा फेला
सोमबार, ०२ असार २०८२, १२ : ०७

समाचार सारांश
- धनकुटा, डोटी, बाँके र दाङमा गरी ४ जना मृत फेला परेका छन्।
- धनकुटामा एक युवक, डोटीमा एक पुरुष, बाँकेमा एक पुरुष र दाङमा एक वृद्ध मृत अवस्थामा भेटिए।
- प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं । विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार धनकुटाको महालक्ष्मी नगरपालिका-७ धरधरेस्थित सडक छेउमा सोही नगरपालिका-१ कटहरे बस्ने २५ वर्षीय दिपेश कट्वाल आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी डोटीको के.आई.सिंह गाउँपालिका-३ गोदडा घडिङ्गेस्थित सेती नदी किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
बाँकेको नेपालगंज उपमहानगरपालिका-१० औद्योगिक क्षेत्रस्थित सडकमा पनि अन्दाजी ५० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका-१२ टरीगाउँ बस्ने ७५ वर्षीय जगलाल चौधरी सोही ठाउँस्थित आफ्नै खेतमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलतन्त्र विरूद्ध न्यायप्रेमी आम नागरिक एक जुट होऔँ : प्रभु साह
-
संसद्मा रास्वपाको ‘दोहोरो चरित्र’ : सत्तापक्ष बोल्दा नाराबाजी, माओवादी बोल्दा चुपचाप
-
बजेट ल्याएको भोलिपल्ट कर्णालीका अर्थमन्त्रीले भने - कार्यकर्ताहरू कति रिसाउने हो थाहा छैन
-
धवल शमशेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश
-
काठमाडौँमा पाँचौँ आदिवासी जनजाती चलचित्र महोत्सव हुने
-
‘खै त मायाले कुरा बुझेको’ मा सुधीर र बिनाको रोमान्स