४ जना मृतावस्थामा फेला
सोमबार, ०२ असार २०८२, १२ : ०७
सारांश
- धनकुटा, डोटी, बाँके र दाङमा गरी ४ जना मृत फेला परेका छन्।
- धनकुटामा एक युवक, डोटीमा एक पुरुष, बाँकेमा एक पुरुष र दाङमा एक वृद्ध मृत अवस्थामा भेटिए।
- प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं । विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार धनकुटाको महालक्ष्मी नगरपालिका-७ धरधरेस्थित सडक छेउमा सोही नगरपालिका-१ कटहरे बस्ने २५ वर्षीय दिपेश कट्वाल आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी डोटीको के.आई.सिंह गाउँपालिका-३ गोदडा घडिङ्गेस्थित सेती नदी किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
बाँकेको नेपालगंज उपमहानगरपालिका-१० औद्योगिक क्षेत्रस्थित सडकमा पनि अन्दाजी ५० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका-१२ टरीगाउँ बस्ने ७५ वर्षीय जगलाल चौधरी सोही ठाउँस्थित आफ्नै खेतमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण