दलतन्त्र विरूद्ध न्यायप्रेमी आम नागरिक एक जुट होऔँ : प्रभु साह

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसानलाई मलखाद्य नदिएर सरकारले अपराध गरिरहेको बताएका छन् ।
रौतहटको कटहरियामा आज (सोमबार) बसेको आजपाको रौतहट जिल्ला कमिटीको विशेष बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले अहिले धानबाली लगाउने समयमा मल नदिएर सरकारले किसानलाई जिउँदै मारिरहेको बताए ।
‘अहिले धानबाली लगाउने महत्त्वपूर्ण समय छ । यो कुरा सरकारमा बस्नेहरूलाई पनि थाहा छ । किसान अहिले मलखाद्य, विउबिजनको जोहो गरिरहेका छन् । तर यो अन्धो सरकारले किसानको पिडा देखिरहेको छैन । किसानमारा सरकारलाई किसानको आशुले पोल्छ,’ आजपा अध्यक्ष साहले भने, ‘किसानलाई मलखाद्य, बिउविजन उपलब्ध गराउने जिम्मेवारी केन्द्रीय सरकारको हो, तर किसानको बारेमा गफ मात्रै दिइरहेको छ मलखाद्य उपलब्ध गराउन सकेको छैन ।’
किसानहरू अहिले मलखाद्य नपाएर छटपटाइरहेको बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग किसानलाई मल किन उपलब्ध नगराएको भन्दै प्रश्न समेत गरे । उनले भने, ‘के किसानलाई जिउँदै मार्दा तपाई (ओली)लाई पोलिरहेको छैन ? किसानको आशुले पोल्छ ।’
किसानलाई मलखाद्य उपलब्ध गराउने केन्द्रीय सरकारले मल उपलब्ध गराउन नसकेको तर किसानले एक दुई बोरा मल भारतबाट ल्याउँदा सीमामा बस्ने प्रहरीले पक्राउ गरेर बहादुरी देखाइरहेको टिप्पणी साहले गरे । जनताको समस्या, जनताको चाहना नबुझेको वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको उनले बताए ।
बिचौलियाले बनाएको गठबन्धन र वर्तमान सरकारका कारण बिचौलियाहरू नै खुसी देखिएको बताउँदै उनले किसान, सर्वसाधारण निराश भएको बताए । बिचौलियाका लागि काम गरिरहेको यो सरकारलाई किसानलाई मलखाद्य उपलब्ध गराउने बारेमा सोच्ने फुर्सत समेत नभएको टिप्पणी उनले गरे ।
यस्तै, उनले लुटकारी दलतन्त्रका विरुद्धमा न्यायप्रेमी जनता एवं दलहरू एकजुट हुनुपर्ने अहिलेको आवश्यकता भएको बताए । बिचौलिया, भगौडावर्गको पक्षपोषण गरिरहेको यो सरकारले दलीय सिन्डिकेट लागु गरेर लुट मच्चाएको आरोप साहले लगाए । लुटकारी दलतन्त्रको विरुद्धमा एकजुट भएर अगाडी नबढे मुलुक धराशायी बन्दै जाने उनले बताए ।
बैठकले सङ्गठन निर्माण, बिस्तारका साथै किसानलाई मलखाद्य, बिउबिजन उपलब्ध गराउन सङ्घर्ष गर्ने निष्कर्ष निकालेको छ । आजपा रौतहट ईन्चार्ज धर्मेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रममा आजपा कार्यालय सदस्यहरू समिना हुसैन, त्रिभुवन साह, सियाराम कुशवाहा, उमेश कुशवाहा लगायतका नेताहरूको विशेष सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसँगै स्थानीय र पश्चिमी वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा
-
‘रातो झण्डा’ झुन्ड्याएर बाढीसँग लडिरहेको एउटा साहसी गाउँ
-
आजका लागि विदेशी मुद्राको विनिमय दर
-
तेहरानकाे टिभी स्टुडियोमा आक्रमण हुँदा एक कर्मचारीको मृत्यु