सुदूरपश्चिम प्रदेशको स्वास्थ्यबारे बजेट अस्पष्ट
सारांश
- सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकता नदिएको आरोप लागेको छ, किनभने बजेटमा स्वास्थ्यसम्बन्धी शीर्षकहरूमा स्पष्ट रकम उल्लेख गरिएको छैन।
- स्वास्थ्य पूर्वाधार, जनस्वास्थ्य सेवा जस्ता महत्त्वपूर्ण कार्यक्रमहरूको लागत विवरण नखुलाउँदा बजेटको पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठेको छ।
- चिकित्सक र विश्लेषकहरूले बजेटमा 'आवश्यक विनियोजन' मात्र लेख्नुलाई गम्भीर लापरबाहीको रूपमा लिएका छन्, जसले आगामी योजना कार्यान्वयनमा असर पार्न सक्ने बताएका छन्।
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको बजेटमा स्वास्थ्य क्षेत्रलाई कस्तो प्राथमिकता दिएको हो भन्नेमा स्पष्टता देखिएको छैन । सरकारले प्रस्तुत गरेको बजेट पुस्तिकामा स्वास्थ्यसम्बन्धी अधिकांश शीर्षकहरूमा स्पष्ट रकम उल्लेख नगरिएको देखिएको हो।
प्रत्येक शीर्षकअन्तर्गत आवश्यक विनियोजन मात्र लेखिएको हुँदा कुन कार्यक्रमका लागि कति बजेट छुट्ट्याइएको हो भन्ने बुझ्न सकिँदैन। स्वास्थ्य पूर्वाधार, जनस्वास्थ्य सेवा, औषधि आपूर्ति, र मानव संसाधन व्यवस्थापनजस्ता महत्त्वपूर्ण कार्यक्रमहरूको लागत विवरण नखुलाइएकाले बजेटको पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठेका छन्।
नीतिगत तहमा उल्लेख गरिएका योजनाहरूका लागि रकमको स्पष्ट अभाव हुनु या त तयारीको कमजोरी जनाउँछ, वा कार्यान्वयनतर्फ सरकार अझै अलमलमा रहेको संकेत हो भन्ने टिप्पणीहरू आएका छन्। चिकित्सक, स्वास्थ्यकर्मी र विश्लेषकहरूले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको दाबी साँचो हो कि होइन भन्ने मूल्याङ्कन गर्न यथेष्ट जानकारी नपाएको बताइरहेका छन्।
डाक्टर अमृत जैशीले भने, ‘सबै शीर्षकमा 'आवश्यक विनियोजन' मात्र लेखेर छाड्नु गम्भीर लापरबाही हो। यस्तो शैलीले आगामी योजनाहरू कार्यान्वयनमा पनि असर पार्न सक्छ।’
यसपटकको बजेटमा शिक्षा र पूर्वाधार क्षेत्रमा केही योजनाहरूलाई स्पष्ट रकमसहित प्रस्तुत गरिए पनि स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यस्तो अस्पष्टता देखिनु प्रदेश सरकारको तयारीमाथि नै प्रश्न उठाउने विषय बनेको छ। आगामी दिनमा सरकारबाट यस्ता अस्पष्ट शीर्षकहरूलाई स्पष्ट पार्ने र योजनाहरूको बजेट विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण