रुटिन अफ नेपाल प्रालिका भिक्टर पौडेलविरुद्ध कारण देखाउ आदेश जारी
सारांश
- उच्च अदालत पाटनले सामाजिक सञ्जालमा न्यायिक आदेशको गलत व्याख्या गरेको विषयमा रूटिन अफ नेपाल प्रालिका सञ्चालक भिक्टर पौडेललाई कारण देखाउ आदेश जारी गरेको छ।
- कानुनका विद्यार्थी विवेक चौधरीले दायर गरेको रिट निवेदनमा, अदालतले पौडेललाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।
- रिट निवेदकले पौडेलले अदालतको आदेशको गलत व्याख्या गर्दै जनतामाझ गलत जानकारी फैलाएको आरोप लगाएका छन्।
काठमाडौँ । उच्च अदालत पाटनले सामाजिक सञ्जालमा न्यायिक आदेशको गलत व्याख्या गरी भ्रम फैलाएको विषयमा रूटिन अफ नेपाल प्रालिका सञ्चालक भिक्टर पौडेलका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
कानुनका विद्यार्थी विवेक चौधरीले दायर गरेको ‘अदालतको अवहेलनासम्बन्धी रिट निवेदन’मा सोमबार प्रारम्भिक सुनुवाइपछि न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले विपक्षीलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
विपक्षी कम्पनीले आफ्नो आधिकारिक टिकटक र इन्स्टाग्राम खाताबाट समाचार प्रकाशित गर्दै ‘अब ड्राइभिङ लाइसेन्स, मापसे र अरु सबै ट्राफिक चेकिङको वेला ट्राफिक प्रहरीले चाबी खोस्न नपाउने भनेर प्रचार गरेको रिट निवेदकको जिकिर थियो ।
अदालतको वास्तविक आदेश यस्तो नरहेको भन्दै रिट निवेदनमा ‘कानुनले तोकेको कारबाहीबाहेक ट्राफिक प्रहरीले चाबी खोस्न नपाउने भनिए पनि विशेष अवस्थामा निषेध नगरिएको’ जिकिर गरिएको छ ।
विपक्षी भिक्टर पौडेलले अदालतको आदेशको वास्तविक मर्मलाई तोडमोड गर्दै जनताबिच गलत जानकारी फैलाएको दाबी रिट निवेदनमा गरिएको छ ।
सम्पूर्ण आदेशको सन्दर्भ छुटाएर आफ्नो अनुकूल अर्थ लगाउँदै अदालतले भनेको भन्दा धेरै टाढा जानेगरी प्रचार गरिएकाले अदालतको अवहेलना भएको भन्दै रिट निवेदकले कारबाहीको माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण