मानिसहरूले तुरुन्तै तेहरान छोड्नुपर्छ: ट्रम्प
मङ्गलबार, ०३ असार २०८२, ०८ : ३५
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-इरान द्वन्द्वको बिचमा इरानको राजधानी तेहरानलाई तुरुन्तै खाली गर्न सल्लाह दिएका छन्।
- ट्रम्पले इरानसँग आणविक हतियार हुन नहुने बताउँदै तेहरान खाली गर्न आग्रह गरेका छन् ।
- जी७ शिखर सम्मेलनमा भाग लिन क्यानडा गएका ट्रम्प मध्यपूर्वको अवस्थाका कारण एक दिन अघि नै फर्किदैछन्।
वासिङ्टन डीसी । इजरायल–इरान द्वन्द्वको बिचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरानलाई तुरुन्तै खाली गर्न सल्लाह दिएका छन् ।
ट्रुथ सोसलमा आफ्नो खातामा एउटा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, ‘मैले हस्ताक्षर गर्न भनेको सम्झौतामा इरानले हस्ताक्षर गर्नुपथ्र्याे । यो निकै लाजमर्दो कुरा हो र मानव जीवनको बरबादी पनि हो,’
‘सिधा शब्दमा भन्नुपर्दा, इरानसँग आणविक हतियार हुनै सक्दैन । मैले यो कुरा बारम्बार भनेको छु ! सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ !’ अझ अगाडि उनले लेखेका छन् ।
जी७ शिखर सम्मेलनमा भाग लिन क्यानडा गएका ट्रम्प एक दिन अघि नै त्यहाँबाट फर्कदैछन् । उनी चाँडै फर्कनुको कारण मध्यपूर्वको अवस्थालाई जिम्मेवार ठहराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानचेस्टर सिटीमा आबद्ध भए एन्डरसन, पाँच वर्षको सम्झौतामा हस्ताक्षर
-
लोनमा एस्टन भिल्ला पुगे चेल्सीका विङ्गर गार्नाचो
-
मिटरब्याज सम्बन्धी लिखत अवैध घोषणा: पीडितलाई न्यायको आशासँगै कानुनी जटिलताको चाङ
-
मोड्रिच थप एक वर्ष एसी मिलानमै रहने
-
अमेरिका-इरान तनाव र हुथीको आक्रमण: गहिरिँदै पश्चिम एसियाको सङ्कट
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण