मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

मानिसहरूले तुरुन्तै तेहरान छोड्नुपर्छ: ट्रम्प

मङ्गलबार, ०३ असार २०८२, ०८ : ३५
मङ्गलबार, ०३ असार २०८२

समाचार सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-इरान द्वन्द्वको बिचमा इरानको राजधानी तेहरानलाई तुरुन्तै खाली गर्न सल्लाह दिएका छन्।
  • ट्रम्पले इरानसँग आणविक हतियार हुन नहुने बताउँदै तेहरान खाली गर्न आग्रह गरेका छन् ।
  • जी७ शिखर सम्मेलनमा भाग लिन क्यानडा गएका ट्रम्प मध्यपूर्वको अवस्थाका कारण एक दिन अघि नै फर्किदैछन्।

वासिङ्टन डीसी । इजरायल–इरान द्वन्द्वको बिचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरानलाई तुरुन्तै खाली गर्न सल्लाह दिएका छन् ।

ट्रुथ  सोसलमा आफ्नो खातामा एउटा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, ‘मैले हस्ताक्षर गर्न भनेको सम्झौतामा इरानले हस्ताक्षर गर्नुपथ्र्याे । यो निकै लाजमर्दो कुरा हो र मानव जीवनको बरबादी पनि हो,’ 

‘सिधा शब्दमा भन्नुपर्दा, इरानसँग आणविक हतियार हुनै सक्दैन । मैले यो कुरा बारम्बार भनेको छु ! सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ !’ अझ अगाडि उनले लेखेका छन् । 

जी७ शिखर सम्मेलनमा भाग लिन क्यानडा गएका ट्रम्प एक दिन अघि नै त्यहाँबाट फर्कदैछन् । उनी चाँडै फर्कनुको कारण मध्यपूर्वको अवस्थालाई जिम्मेवार ठहराइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप