सान फ्रान्सिस्कोबाट मुम्बई आइरहेको एयर इन्डियाको उडानमा खराबी, कोलकातामा ओरालियो यात्रु

समाचार सारांश
- सान फ्रान्सिस्कोबाट मुम्बईका लागि उडेको एयर इन्डियाको विमानमा प्राविधिक गडबडी आएपछि कोलकातामा आपत्कालीन अवतरण गरियो।
- विमानको बायाँ इन्जिनमा समस्या देखिएपछि यात्रुहरूलाई ओरालिएको थियो, र उडानमा ढिलाइ भयो।
- अहमदाबादमा भएको दुर्घटनापछि त्रासको वातावरण बनेको छ, जहाँ एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको थियो।
नयाँ दिल्ली । सान फ्रान्सिस्कोबाट मुम्बईका लागि उडेको एयर इन्डियाको एउटा विमानको आपत्कालीन अवतरण गराइएको छ । विमानको एउटा इन्जिनमा प्राविधिक गडबडी भए पछि मङ्गलवार कोलकाताको नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई ओरालिएको हो ।
फ्लाइट एआई १८० निर्धारित समय ००ः ४५ बजे विमानस्थलमा आइपुगेको थियो । तर बायाँ इन्जिनमा प्राविधिक गडबडीका कारण उडान ढिलाइ भयो । लगभग ०५ः २० बजे सबै यात्रुहरूलाई विमानबाट ओर्लन भनियो । उडान सुरक्षाका लागि यो निर्णय गरिएको विमानका क्याप्टेनले यात्रुहरूलाई बताए ।
के हो कुरा ?
एयर इन्डियाको फ्लाइट एआई१८० निर्धारित समयअनुसार सान फ्रान्सिस्को विमानस्थलबाट उडेको थियो । तर, १२ः४५ बजे कोलकाता विमानस्थलमा आइपुग्दा यसको बायाँ इन्जिनमा प्राविधिक गडबडी देखियो । चार घण्टाभन्दा बढी समय पछि बिहान ५ः२० बजे मात्रै कोलकताको विमानस्थलमा सबै यात्रुहरूलाई ओरालियो ।
अहमदाबाद दुर्घटनापछि त्रासको वातावरण
पाँच दिनअघि अहमदाबादको सरदार वल्लभभाई अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनको ग्याटविक विमानस्थलका लागि उडान भरेको एयर इन्डियाको उडान एआई–१७१ ले उडेको केही सेकेन्डमै बीजे मेडिकल कलेजको होस्टेल भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भयो ।
उक्त विमानमा २४२ जना सवार थिए, जसमा २३० यात्रु, १० क्याबिन क्रू सदस्य र दुई पाइलट थिए । बेलायती नागरिक विश्वास कुमार रमेश बाहेक सबै मारिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत