होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ
सोमबार, ०२ असार २०८२, ०९ : ५३
सारांश
- सुर्खेत प्रहरीले वीरेन्द्रनगरका होटल तथा रेस्टुरेन्टबाट यौनजन्य गतिविधिमा संलग्न २५ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा होटल सञ्चालक, युवायुवती गरी ११ महिला र १४ पुरुष छन्।
- प्रहरीले उनीहरूलाई सार्वजनिक हित विपरीत कसुरमा मुद्दा चलाएको छ।
सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरका होटल तथा रेस्टुरेन्टमा अवैध रूपमा यौनजन्य गतिविधिमा संलग्न २५ जनालाई पक्राउ गरेको छ । त्यसमा होटल सञ्चालकदेखि त्यस्तो क्रियाकलापमा संलग्न युवायुवतीहरू रहेका छन् ।
पक्राउ पर्नेमा ११ जना महिला र १४ जना पुरुषहरू रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक, मोहनजंग बुढथापाले बताए । उनीहरूमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसुरमा मुद्दा चलाइएको उनको भनाइ छ ।
उनका अनुसार वीरेन्द्रनगर नगरपालिका—६ बुद्धपथमा रहेका होटल हार्दिक, दंगाली, विकाश होटलबाट ती युवा, युवतीहरूलाई नियन्त्रणमा लिइएको थियो । राजधानी वीरेन्द्रनगरका विभिन्न ठाउँमा पछिल्लो समय अवैध रूपमा यौनजन्य गतिविधि हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण