सम्पर्कविहीन चिकित्सक रिसोर्टमा बसेका थिए
सारांश
- डा. केशव श्रेष्ठ, फेसबुकमा 'अलबिदा' लेखेर सम्पर्कविहीन भएपछि, काठमाडौंको एक रिसोर्टमा भेटिए।
- रामेछाप अस्पतालबाट रमाना लिएर हेटौँडामा हाजिर हुन गएका डाक्टर श्रेष्ठले सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका थिए।
- प्रहरीले डा. श्रेष्ठलाई तार्केश्वर नगरपालिकाको रिसोर्टबाट उद्धार गरेको छ, खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालय जुटेको थियो।
काठमाडौँ । । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका चिकित्सक डा. केशव श्रेष्ठ बालाजुस्थित एक रिसोर्टमा भेटिएका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँका टोलीले तार्केश्वर नगरपालिका–३ स्थित श्रिनाथ बुटिक रिसोर्टबाट उद्धार गरेको छ ।
जिल्ला अस्पताल रामेछापबाट रमाना लिएर हेटौँडामा हाजिर हुन गएका श्रेष्ठले आफूलाई हाजिर नगराइएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर सम्पर्कविहीन भएका थिए । उनलाई सकुशल उद्धार गरिएको काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए ।
सोमबार बिहान चाबहिलस्थित गोपिकृष्णहल नजिकै रहेको डेराबाट उनी बुलेट मोटरसाइकल चढेर हिँडेका थिए । स्ट्याटस लेखेर मोबाइल स्विचअफ गरेपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो । उनको खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालय, साइबर ब्युरो र काठमाडौँ परिसरका अनुसन्धान अधिकृतहरू जुटेका थिए ।
डा. श्रेष्ठ पूर्वी नवलपरासीस्थित गैँडाकोटका स्थानीय हुन् । रामेछाप अस्पतालको निमित्त प्रमुख भएर काम गरेका उनको हेटौँडामा सरुवा भैसकेको छ । उनले सामाजिक सञ्जालमा रामेछापमा बस्दा काम गर्न अप्ठेरो पारिएको भन्दै केही व्यक्तिहरूलाई लान्छाना लगाएर स्ट्याटस लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण