मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय
अपडेट

सम्पर्कविहीन चिकित्सक रिसोर्टमा बसेका थिए

सोमबार, ०२ असार २०८२, १८ : ००
सोमबार, ०२ असार २०८२

समाचार सारांश

  • डा. केशव श्रेष्ठ, फेसबुकमा 'अलबिदा' लेखेर सम्पर्कविहीन भएपछि, काठमाडौंको एक रिसोर्टमा भेटिए।
  • रामेछाप अस्पतालबाट रमाना लिएर हेटौँडामा हाजिर हुन गएका डाक्टर श्रेष्ठले सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका थिए।
  • प्रहरीले डा. श्रेष्ठलाई तार्केश्वर नगरपालिकाको रिसोर्टबाट उद्धार गरेको छ, खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालय जुटेको थियो।

काठमाडौँ । । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका चिकित्सक डा. केशव श्रेष्ठ बालाजुस्थित एक रिसोर्टमा भेटिएका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँका टोलीले तार्केश्वर नगरपालिका–३ स्थित श्रिनाथ बुटिक रिसोर्टबाट उद्धार गरेको छ । 

जिल्ला अस्पताल रामेछापबाट रमाना लिएर हेटौँडामा हाजिर हुन गएका श्रेष्ठले आफूलाई हाजिर नगराइएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर सम्पर्कविहीन भएका थिए । उनलाई सकुशल उद्धार गरिएको काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए । 

सोमबार बिहान चाबहिलस्थित गोपिकृष्णहल नजिकै रहेको डेराबाट उनी बुलेट मोटरसाइकल चढेर हिँडेका थिए । स्ट्याटस लेखेर मोबाइल स्विचअफ गरेपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो । उनको खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालय, साइबर ब्युरो र काठमाडौँ परिसरका अनुसन्धान अधिकृतहरू जुटेका थिए । 

डा. श्रेष्ठ पूर्वी नवलपरासीस्थित गैँडाकोटका स्थानीय हुन् । रामेछाप अस्पतालको निमित्त प्रमुख भएर काम गरेका उनको हेटौँडामा सरुवा भैसकेको छ । उनले सामाजिक सञ्जालमा रामेछापमा बस्दा काम गर्न अप्ठेरो पारिएको भन्दै केही व्यक्तिहरूलाई लान्छाना लगाएर स्ट्याटस लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप