सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

बजेट ल्याएको भोलिपल्ट कर्णालीका अर्थमन्त्रीले भने - कार्यकर्ताहरू कति रिसाउने हो थाहा छैन

सोमबार, ०२ असार २०८२, १८ : ४०
सोमबार, ०२ असार २०८२

सुर्खेत । कर्णाली प्रदेश सरकारले बजेट सार्वजनिक गरेको भोलिपल्ट नै प्रदेशका अर्थमन्त्री राजीवविक्रम शाहले बजेट निर्माणका क्रममा कार्यकर्ताहरूको चर्को दबाब खेप्नु परेको बताएका छन् । 

सोमबार अर्थ मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूले बजेटमा विकासमुखी योजना राख्न खोज्दा कार्यकर्ता खुसी नहुने खतरा रहेको प्रस्ट पारे ।

‘अब व्यक्तिभन्दा संस्था बलियो बनाउने प्रणालीमा जानुपर्छ भन्ने लागेको छ,’ मन्त्री शाहले भने, ‘ मेरो पार्टीका कार्यकर्ताहरू कति रिसाउने हुन्, थाहा छैन ।’

उनले बजेटलाई विकासभन्दा कार्यकर्ता पोस्ने माध्यम बनाउन खोज्ने प्रवृत्तिको आफूले प्रत्यक्ष सामना गरेको बताए ।

 ‘बजेट बनाउँदा कार्यकर्ताहरूले ‘मेरो योजना पारिदिनुपर्छ’ भन्ने ठूलो दबाब आउँदो रहेछ । तर १०–१५ लाखका साना र व्यक्तिगत योजनाले न त दीर्घकालीन विकास हुन्छ, न त राज्यको दीगो हित हुन्छ,’ उनले भने ।

शाहले यस्ता साना योजनाले क्षणिक रूपमा केही व्यक्ति खुसी भएपनि त्यसले स्रोतको दुरुपयोग मात्र हुने धारणा व्यक्त गरे । कसको योजना राख्ने र कसको नराख्ने भन्ने दुविधा हुने गरेको अनुभव समेत सुनाए । ‘नराख्दा रिसाउने, राख्दा स्रोतको सदुपयोग नहुने,’ उनले भने ।

अर्थमन्त्री शाहले समस्या समाधानका लागि व्यक्तिलाई होइन, संस्थालाई एकमुष्ट बजेट दिने नीति अवलम्बन गर्नुपर्ने बताए । उनले देशको मुख्य समस्या नै हरेक क्षेत्रमा राजनीति हाबी हुनु रहेको भन्दै अब उत्पादनमुखी र दीर्घकालीन विकासमा बजेट केन्द्रीत गर्नुपर्ने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप