बजेट ल्याएको भोलिपल्ट कर्णालीका अर्थमन्त्रीले भने - कार्यकर्ताहरू कति रिसाउने हो थाहा छैन
सुर्खेत । कर्णाली प्रदेश सरकारले बजेट सार्वजनिक गरेको भोलिपल्ट नै प्रदेशका अर्थमन्त्री राजीवविक्रम शाहले बजेट निर्माणका क्रममा कार्यकर्ताहरूको चर्को दबाब खेप्नु परेको बताएका छन् ।
सोमबार अर्थ मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूले बजेटमा विकासमुखी योजना राख्न खोज्दा कार्यकर्ता खुसी नहुने खतरा रहेको प्रस्ट पारे ।
‘अब व्यक्तिभन्दा संस्था बलियो बनाउने प्रणालीमा जानुपर्छ भन्ने लागेको छ,’ मन्त्री शाहले भने, ‘ मेरो पार्टीका कार्यकर्ताहरू कति रिसाउने हुन्, थाहा छैन ।’
उनले बजेटलाई विकासभन्दा कार्यकर्ता पोस्ने माध्यम बनाउन खोज्ने प्रवृत्तिको आफूले प्रत्यक्ष सामना गरेको बताए ।
‘बजेट बनाउँदा कार्यकर्ताहरूले ‘मेरो योजना पारिदिनुपर्छ’ भन्ने ठूलो दबाब आउँदो रहेछ । तर १०–१५ लाखका साना र व्यक्तिगत योजनाले न त दीर्घकालीन विकास हुन्छ, न त राज्यको दीगो हित हुन्छ,’ उनले भने ।
शाहले यस्ता साना योजनाले क्षणिक रूपमा केही व्यक्ति खुसी भएपनि त्यसले स्रोतको दुरुपयोग मात्र हुने धारणा व्यक्त गरे । कसको योजना राख्ने र कसको नराख्ने भन्ने दुविधा हुने गरेको अनुभव समेत सुनाए । ‘नराख्दा रिसाउने, राख्दा स्रोतको सदुपयोग नहुने,’ उनले भने ।
अर्थमन्त्री शाहले समस्या समाधानका लागि व्यक्तिलाई होइन, संस्थालाई एकमुष्ट बजेट दिने नीति अवलम्बन गर्नुपर्ने बताए । उनले देशको मुख्य समस्या नै हरेक क्षेत्रमा राजनीति हाबी हुनु रहेको भन्दै अब उत्पादनमुखी र दीर्घकालीन विकासमा बजेट केन्द्रीत गर्नुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण