मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
नागरिकता लिन जिल्ला प्रशासन कार्यालय मोरङमा २५० मिटर लामो लाइन (तस्बिरहरू)
नागरिकता विधेयकको प्रभाव

नागरिकता लिन जिल्ला प्रशासन कार्यालय मोरङमा २५० मिटर लामो लाइन (तस्बिरहरू)

मङ्गलबार, १२ असार २०८०

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङमा पछिल्ला दिनहरूमा नागरिकता लिनेहरूको लामो लाइन लाग्ने गरेको छ । जन्मसिद्ध नागरिकता पाएकाहरूका सन्तान मोरङमा अनुमानित ७० हजार जना छन् ।

नागरिकता लिनको लागि बिहान साढे ३ बजेदेखि नैलाईनमा बसेको उनीहरूले बताए । जिल्ला प्रशासन कार्यालयको गेटबाट झन्डै २५० मिटर लामो लाइनमा उनीहरू बसेका छन् । 

जिल्ला प्रशासन कार्यालय मोरङले भने  जन्मसिद्धका सन्तानका लागि नागरिकता वितरण गर्न छुट्टै कोठाको व्यवस्था गरेको छ । जिप्रका मोरङले हिजो मात्रै १२८ जना जन्मसिद्धका छोराछोरीलाई नागरिकता दिएको थियो। आज सो सङ्ख्या बढ् नसक्ने कार्यालयले जनाएको छ ।

वितरण गर्न नसकेका र लाइनमा बसेकाहरूलाई टोकन वितरण गरेर नागरिकता वितरण गरिने कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया