आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जनतामा भ्रम छर्न रास्वपाले संसद् अवरोध गर्‍यो : सांसद खतिवडा

मङ्गलबार, १२ असार २०८०, १९ : ०१
मङ्गलबार, १२ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जस लिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् अवरोध गरेको आरोप लगाएका छन् ।  

मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले रास्वपाले जिल्ला निर्वाचन कार्यालय आफूले गर्दा मात्रै बाँचेको हौ भन्ने भ्रम जनतामा छर्नका लागि संसद् अवरोध गरेको बताए । उनले कांग्रेस जिल्ला निर्वाचन आयोगको कार्यालय खारेज गर्ने पक्षमा नरहेको बताए ।  

उनले भने, ‘हामीले गर्दा जिल्ला निर्वाचन कार्यालय रहेको हो भन्ने देखाउन रास्वपाले संसद् अवरोध गरेको हो । हामी कोही पनि नेपाली काँग्रेस र सरकार जिल्ला निर्वाचन आयोगको कार्यालय खारेज गर्ने पक्षमा छैन । यो अवरोध भनेको हामीले गर्दा जिल्ला निर्वाचन कार्यालय रहेको हो भन्ने गलत सन्देश दिन रास्वपाले अवरोध गरेको हो ।’

सांसद खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विगतको श्री ५ भन्दा पनिमाथि जान खोजेको आरोप लगाए ।  उनले अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गर्न दिनु नहुने बताए ।  उनले सबै क्षेत्र अख्तियारले नै हेर्नुपर्छ भन्ने पद्धतिको विकास गर्नु नहुने बताए ।  

सांसद खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाग्रही नबनीकन काम गर्नुपर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप