स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्छाैं : मन्त्री बस्नेत
झापा । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरिने बताएका छन् ।
झापाको बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालको निरीक्षणपछि उनले देशभरका अस्पताल सुधारका क्षेत्रमा काम भइरहेको बताए । उनले कतिपय अस्पतालको स्तरोन्नति गर्नुपर्ने देखिएकाले त्यस्ता अस्पतालको पहिचान गर्दै सरकारले स्तरोन्नतिको काम थाल्ने बताए ।
मन्त्री बस्नेतले आज मात्रै विराटनगरमा रहेको कोशी अस्पतालसहित पूर्वका अस्पताल र स्वास्थ्य संस्थाको निरीक्षण गरेका हुन् । सो क्रममा बिर्तामोडस्थित पूर्ण टुङ्ग अस्पतालको समेत निरीक्षण गरेका थिए । अस्पतालको निरीक्षणपछि निजी क्षेत्रबाट सञ्चालित यो अस्पतालले ग्रामीण क्षेत्रका नागरिकहरूलाई सुलभ र गुणस्तरीय सेवा प्रवाह गरिरहेको पाइएको उनले बताए ।
अस्पतालले प्रवाह गरिरहेको सेवाका विषयमा अस्पतालका सुपरिटेण्डेन्ट डा अनिलकुमार बस्नेतले जानकारी गराएका थिए भने अस्पतालका निर्देशक आनन्द बस्नेतले अस्पतालका विषयमा जानकारी गराएका थिए । अस्पताल प्रशासक विनोद बस्नेतले सहजीकरण गरेको कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव, प्रदेश सचिवलगायतले अस्पतालले प्रदान गरिरहेको सेवाका विषयमा जानकारी लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण