स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्छाैं : मन्त्री बस्नेत

झापा । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरिने बताएका छन् ।
झापाको बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालको निरीक्षणपछि उनले देशभरका अस्पताल सुधारका क्षेत्रमा काम भइरहेको बताए । उनले कतिपय अस्पतालको स्तरोन्नति गर्नुपर्ने देखिएकाले त्यस्ता अस्पतालको पहिचान गर्दै सरकारले स्तरोन्नतिको काम थाल्ने बताए ।
मन्त्री बस्नेतले आज मात्रै विराटनगरमा रहेको कोशी अस्पतालसहित पूर्वका अस्पताल र स्वास्थ्य संस्थाको निरीक्षण गरेका हुन् । सो क्रममा बिर्तामोडस्थित पूर्ण टुङ्ग अस्पतालको समेत निरीक्षण गरेका थिए । अस्पतालको निरीक्षणपछि निजी क्षेत्रबाट सञ्चालित यो अस्पतालले ग्रामीण क्षेत्रका नागरिकहरूलाई सुलभ र गुणस्तरीय सेवा प्रवाह गरिरहेको पाइएको उनले बताए ।
अस्पतालले प्रवाह गरिरहेको सेवाका विषयमा अस्पतालका सुपरिटेण्डेन्ट डा अनिलकुमार बस्नेतले जानकारी गराएका थिए भने अस्पतालका निर्देशक आनन्द बस्नेतले अस्पतालका विषयमा जानकारी गराएका थिए । अस्पताल प्रशासक विनोद बस्नेतले सहजीकरण गरेको कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव, प्रदेश सचिवलगायतले अस्पतालले प्रदान गरिरहेको सेवाका विषयमा जानकारी लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह