सिटीद्वारा कोभाचिच अनुबन्ध
म्यानचेस्टर । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले क्रोएसियाका मिडफिल्डर माटेयो कोभाचिचलाई चेल्सीबाट प्रारम्भिक २.५ करोड पाउन्डमा अनुबन्ध गरेको छ । ४ वर्षको करार अनुबन्ध गरेका २९ वर्षीय खेलाडीले थप ५० लाख पाउन्ड एड–अनका रुपमा प्राप्त गर्ने बताइएको छ ।
गत सिजन च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप जितेर ट्रेबल पुरा गरेको सिटीका लागि कोभाचिच यो सिजनको पहिलो अनुबन्ध हुन् । कोभाचिचले आफू सिटीका लागि खेल्न उत्साहित रहेको बताएका छन् ।
कोभाचिच सन् २०१८ मा रियल मड्रिडबाट चेल्सी आइपुगेका हुन् । गत सिजन क्लब १२ औँ स्थानमा सीमित रहँदा उनले ३७ खेल खेलेका थिए । सन् २०२१ मा उनले चेल्सीसँग च्याम्प्यिन्स लिग पनि जितेका थिए । देशका लागि उनले ९५ खेल खेलेका छन् ।
मिडफिल्डर इल्को गुन्डोगान फ्रि–ट्रान्सफरमा सिटी छाडेर बार्सिलोना पुगेपछि कोभाचिचलाई अनुबन्ध गरेको घोषणा गरिएको हो । सिटीले वेस्ट ह्यामका मिडफिल्डर डेक्लन राइसका लागि ९ करोड पाउन्डको अफर गरे पनि त्यसलाई क्लबले अस्वीकार गरेको थियो ।
–बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण