आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रामहरि खतिवडाको व्यङ्ग्य : ‘जलहरीमा पिए, ड्राईभर, कार्यालय सहयोगीको नाम पनि स्वर्ण अक्षरले लेखियोस्’

बुधबार, १३ असार २०८०, २० : ००
बुधबार, १३ असार २०८०

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिनाथको मन्दिरमा राखिएको जलहरीमा सवारी चालक, कार्यालय सहयोगी, पिएसओ लगायतको नामपनि लेख्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले पशुपतिनाथको मन्दिरमा राखिएको जलहरी प्रकरणमा दुईवटा मुचुल्का तयार पारिएको बताउँदै मुचुल्कामा ९६ किलो सुन र परीक्षणमा १०७ किलो सुन पाइएको भन्दै शंकाष्पद भएको बताए । 

उनले जलहरीमा सुनको अक्षरले नाम लेखेको सूचना प्राप्त भएको भन्दै व्यङ्ग्य समेत गरे । उनले भने– ‘१३ जनाको नाम जलहरीमा स्वर्ण अक्षरले लेखेको जानकारी प्राप्त भयो । केही ड्राइभरहरु केही कार्यालय सहयोगीहरु, केही पिएसओहरु, प्रधानमन्त्री, मन्त्रीका केही पिएहरु छुटेको समाचार आएको छ । क–कसले लेख्ने हो, सञ्चारमन्त्रीले हो कि पर्यटनमन्त्रीले त्यो लेख्न नछुटाइयोस् र त्यसबारे जानकारी गराइयोस् । स्वर्ण अक्षरले नाम लेख्ने परम्परा कायम होस् ।’

यस्तै ललिता निवास प्रकरणमा साना माछाहरु ढोक्सामा पर्न लागेको सुनेको बताउँदै ४ आना, ८ आना, १६ आना, ३२ आनाका माछाहरु पनि ढोक्सामा पर्ने व्यवस्था गर्न माग गरे । ठूला माछाहरु छोड्ने र साना माछा समात्ने काम नगर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप