रामहरि खतिवडाको व्यङ्ग्य : ‘जलहरीमा पिए, ड्राईभर, कार्यालय सहयोगीको नाम पनि स्वर्ण अक्षरले लेखियोस्’
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिनाथको मन्दिरमा राखिएको जलहरीमा सवारी चालक, कार्यालय सहयोगी, पिएसओ लगायतको नामपनि लेख्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले पशुपतिनाथको मन्दिरमा राखिएको जलहरी प्रकरणमा दुईवटा मुचुल्का तयार पारिएको बताउँदै मुचुल्कामा ९६ किलो सुन र परीक्षणमा १०७ किलो सुन पाइएको भन्दै शंकाष्पद भएको बताए ।
उनले जलहरीमा सुनको अक्षरले नाम लेखेको सूचना प्राप्त भएको भन्दै व्यङ्ग्य समेत गरे । उनले भने– ‘१३ जनाको नाम जलहरीमा स्वर्ण अक्षरले लेखेको जानकारी प्राप्त भयो । केही ड्राइभरहरु केही कार्यालय सहयोगीहरु, केही पिएसओहरु, प्रधानमन्त्री, मन्त्रीका केही पिएहरु छुटेको समाचार आएको छ । क–कसले लेख्ने हो, सञ्चारमन्त्रीले हो कि पर्यटनमन्त्रीले त्यो लेख्न नछुटाइयोस् र त्यसबारे जानकारी गराइयोस् । स्वर्ण अक्षरले नाम लेख्ने परम्परा कायम होस् ।’
यस्तै ललिता निवास प्रकरणमा साना माछाहरु ढोक्सामा पर्न लागेको सुनेको बताउँदै ४ आना, ८ आना, १६ आना, ३२ आनाका माछाहरु पनि ढोक्सामा पर्ने व्यवस्था गर्न माग गरे । ठूला माछाहरु छोड्ने र साना माछा समात्ने काम नगर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण