कर्णालीमा एमालेद्वारा संसद् बैठक अवरुद्ध

सुर्खेत । कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरुद्ध गरेको छ । आज प्रदेशसभाको १६ औँ बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल गर्ने कार्यतालिका रहेको थियो । तर, सदन सुरु भएलगत्तै एमाले प्रमुख सचेतक टेकराज पछाईले ‘बजेट पैत्रिक सम्पत्ति’ बाँडे जसरी बाँडिएको र यसबाट प्रदेशको विकास र परिवर्तन सम्भवन नहुने बताए ।
साथै उनले बजेटमा पूर्ण रुपमा बिचौलिया प्रवेश गरेको पनि बताए । साथै उनले बजेट निर्माणमा योजना आयोगबाट नै बार्गेनिङ भएको र आयोगले बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई कारबाही गरेपनि नाम गोप्य राखेको भन्दै आपत्ति जनाए । स्वयम् अर्थमन्त्रीले नै बजेट निर्माणमा दबाब आएको कुरा सार्वजनिक गरेपछि एमालेले सोही विषयलाई हतियार बनाएको हो ।
लगत्तै एमालेले कार्यसूचीमै प्रवेश गर्न नदिएर सदन अवरोध गरेको छ । सभामुख नन्दा गुरुङले पटक–पटक सभा सञ्चालनमा सहयोग गर्न आग्रह गर्दा पनि नमानेपछि आधा घण्टाका लागि बैठक स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशिष्ट उपचार सेवा सातै प्रदेशमा, बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
-
ला लिगामा ३४ औं चरणका खेल सुरु, बार्सिलोना उपाधि नजिक
-
प्रिमियर लिग : पेप ग्वार्डिवलाको म्यान्सिटी तेस्रो स्थानमा
-
चीन-भारत जोड्ने कालीगण्डकी कोरिडोर छेउको रूपसे झरनामा धमाधम पर्यटकीय पूर्वाधार निर्माण
-
फेरि उकालो लाग्दै अमेरिकी डलर, कति छ अन्य विदेशी मुद्राको मूल्य ?
-
अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा