असारे विकासलाई अन्त्य गर्नुपर्छ : सांसद सिंह
काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा.अमरेशकुमार सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक २०८० को सम्बन्धमा छलफलमा भाग लिँदै प्रतिनिधिसभा सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताएका हुन् । उनले असार महिना लागेपछि काम नभएको ठाउँमा पनि रकम भुक्तानी हुने गरेको भन्दै यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् । उनले देश विकासको बाधक नै असारे विकास प्रवृत्ति रहेको उल्लेख गरे ।
‘साधारण खर्च र पुँजीगत खर्चको जबसम्म डिफरेन्सेस कम हुँदैन । तबसम्म देश विकास हुँदैन । त्यसमा पनि पुँजीगत खर्चमा के हुन्छ भने मन्त्रालयले पैसामा कुर्लि मारेर बसेको हुन्छ । जब असार आउँछ रातारात काम नै नभएको बिल पेमेन्ट हुन थाल्छ । हरेक होटलहरु प्याक हुन थाल्छ’ उनले भने, ‘यो प्रवृत्ति कसरी खतम गर्ने ? देश विकासको सबभन्दा बाधक के हुन्छ भने असारे विकास । असारमा आउन वित्तिकै विकासको मुल फुट्न थाल्छ र चेक काट्न थालिन्छ । त्यसकारणले अरु आर्थिक वर्षदेखि वैशाखभन्दा उता चेक नकाट्ने प्रवृत्ति बन्नुपर्छ । किनकि असारमा वर्षा शुरु भइसक्छ । त्यसैले असारे विकासलाई कसरी अन्त्य गर्ने त्यो पनि सोच्नुपर्छ ।’
उनले असारे विकासलाई रोक्न वैशाख महिनाभन्दा पछि चेक काट्न नदिने व्यवस्था गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?
-
संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
-
१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
-
अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
-
पुनम अग्रवालको प्रश्न : निर्वाचन खर्च घटाउन र विदेशमा रहेका नेपालीलाई छिटो मतदानको अधिकार दिने योजना के छ ?
-
हालसम्म ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण