घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, १४ असार २०८०, ११ : ०६
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीकै मूल्य घटेको जनाएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले हिजोको तुलनामा सुन र चाँदीको मूल्य घटेर कारोबार भइरहेको जनाएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ९०० रुपैयाँ कायम छ ।
हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम थियो । हिजो बुधबार समेत सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको थियो । यस्तै, आज ५ रुपैयाँले घटेसँगै चाँदीको मूल्य प्रतितोला १ हजार ३७० रुपैयाँ कायम छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १ हजार ३७५ रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण