बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘गदर २’ को पहिलो गीत ‘उड्जा काले कावा’ रिलिज

बिहीबार, १४ असार २०८०, १५ : ३९
बिहीबार, १४ असार २०८०

मुम्बई । सनी देओल र अमीषा पटेल अभिनित प्रतीक्षित फिल्म ‘गदर २’ को पहिलो गीत रिलिज भएको छ । निर्माण युनिटले फिल्मको २२ वर्षपछि गीत ‘उड्जा काले कावा’ नयाँ भर्सनमा ल्याएको हो । गीतमा एक पटक फेरि सनी र अमीषाको केमिस्ट्री समेटिएको छ । 

यस अगाडि यो गीत फिल्मको पहिलो पार्ट ‘गदर’ समेत राखिएको थियो । गीतमा सनी र अमीषा पुरानै लुक्समा देखिएका छन् । ‘गदर’ २००१ मा रिलिज भएको थियो । २२ वर्षपछि फिल्मको सिक्वेल बनेको हो । फिल्म गदरमा सनी देओल तारा सिंहको भूमिकामा थिए, भने अमीषा पाकिस्तानी महिला सकीनाको भूमिकामा थिइन् । फिल्म गदर बक्स अफिसमा हिट भएको थियो ।

‘गदर २’का निर्देशक अनिल शर्मा हुन् । जसले गदर समेत निर्देशन गरेका थिए । फिल्ममा सनी, अमीषाको अलवा उत्कर्ष शर्मा, सिमरत कौर, लव सिन्हा, मनीष वाधवा र गौरव चोपडाको मुख्य भूमिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप