‘गदर २’ को पहिलो गीत ‘उड्जा काले कावा’ रिलिज
बिहीबार, १४ असार २०८०, १५ : ३९
मुम्बई । सनी देओल र अमीषा पटेल अभिनित प्रतीक्षित फिल्म ‘गदर २’ को पहिलो गीत रिलिज भएको छ । निर्माण युनिटले फिल्मको २२ वर्षपछि गीत ‘उड्जा काले कावा’ नयाँ भर्सनमा ल्याएको हो । गीतमा एक पटक फेरि सनी र अमीषाको केमिस्ट्री समेटिएको छ ।
यस अगाडि यो गीत फिल्मको पहिलो पार्ट ‘गदर’ समेत राखिएको थियो । गीतमा सनी र अमीषा पुरानै लुक्समा देखिएका छन् । ‘गदर’ २००१ मा रिलिज भएको थियो । २२ वर्षपछि फिल्मको सिक्वेल बनेको हो । फिल्म गदरमा सनी देओल तारा सिंहको भूमिकामा थिए, भने अमीषा पाकिस्तानी महिला सकीनाको भूमिकामा थिइन् । फिल्म गदर बक्स अफिसमा हिट भएको थियो ।
‘गदर २’का निर्देशक अनिल शर्मा हुन् । जसले गदर समेत निर्देशन गरेका थिए । फिल्ममा सनी, अमीषाको अलवा उत्कर्ष शर्मा, सिमरत कौर, लव सिन्हा, मनीष वाधवा र गौरव चोपडाको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुधबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण