आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बालाजुमा साढे २ लाख बराबरको धनमाल चोरी

शुक्रबार, १५ असार २०८०, १४ : ४८
शुक्रबार, १५ असार २०८०

काठमाडौँ । काठमाडौँको बालुजामा बिहीबार राति चोरी भएको छ । काठमाडौँ महानगरपालिका-१६ बालाजु बोहोराटार हाइट डेरा गरी बस्ने गोरखा गण्डकी गाउँपालिका-७ घर भएका ५४ वर्षीय प्रेम बहादुर गुरुङको कोठाबाट बिहीबार राति चोरी भएको हो ।

प्रहरीका अनुसार कोठाबाट नगद ८ हजार रुपैयाँ र सुनका विभिन्न गहनासमेत गरी करिब २ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।  प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप