शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
बजार

यो साता सुनको मूल्यमा सामान्य गिरावट

शनिबार, १६ असार २०८०, १२ : ५८
शनिबार, १६ असार २०८०

काठमाडौँ । यो साता सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबार छापावाल सुनको मूल्य १ लाख ९ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० रुपैयाँ कायम छ ।

यस्तै, यो साता चाँदीको मूल्यमा भने बढोत्तरी भएको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा २५ रुपैयाँले बढेको हो । गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ३५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार १३ सय ६० रुपैयाँ कायम छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप