बजार
यो साता सुनको मूल्यमा सामान्य गिरावट
शनिबार, १६ असार २०८०, १२ : ५८
काठमाडौँ । यो साता सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबार छापावाल सुनको मूल्य १ लाख ९ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० रुपैयाँ कायम छ ।
यस्तै, यो साता चाँदीको मूल्यमा भने बढोत्तरी भएको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा २५ रुपैयाँले बढेको हो । गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ३५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार १३ सय ६० रुपैयाँ कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण