शिक्षा ऐन जारी गर्न माग गर्दै समाजवादी विद्यार्थी युनियनको प्रदर्शन
शनिबार, १६ असार २०८०, १८ : २५
काठमाडौँ । नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै विद्यार्थीहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । नेपालमा पुरानो शिक्षा ऐन खारेज गर्दै नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै नेपाल समाजवादी पार्टी निकट नेपाल समाजवादी विद्यार्थी युनियनले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शन गर्दै उनीहरूले २८ सालको पञ्चायती शिक्षा ऐनलाई खारेज गर्न माग गरेका छन् । त्यस्तै कुनै पनि बहानामा नयाँ शिक्षा ऐन जारी गर्न ढिलाइ गर्न नहुने उनीहरूको भनाइ छ । प्रदर्शनमा सहभागीहरूले पञ्चायत ऐन खारेज गर, शिक्षा आयोग प्रतिवेदन खोइ ? शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापार बन्द गर, शिक्षा र स्वास्थ्य पूर्ण निःशुल्क गर, लगाoतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण