आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रफुल र रुकेशको जोडी सेमिफाइनलमा

शनिबार, १६ असार २०८०, १९ : २८
शनिबार, १६ असार २०८०

काठमाडौँ । त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी ललितपुरमा जारी तेस्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् । महर्जन जोडीले नेपाल पुलिस क्लबका सुनिल जोशी र अमन श्रेष्ठको जोडीलाई २१– १०, २१–१५ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् । महर्जन जोडीले फाइनल प्रवेशका लागि कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेपको जोडी संग प्रतिस्पर्धा गर्ने छन् । विधान र लिनथेपको जोडीले नखिपोटका विवेक कन्दङ्गवा र नेल्सन राईको जोडीलाई २१–१२, २१–१४ ले पराजित गरे ।

यस्तै एपीएफका प्रिन्स दाहाल र विजित थापा मगरको जोडीले पनि सेमिफाइनल यात्रा तय गरे । उक्त जोडीले बालकुमारी रिमिक्स क्लबका ससिन डङ्गोल र सुमित महर्जनको जोडीलाई २१–१८, २१–१९ ले पराजित गर्दै सेमिफाइनलमा पुलिसका जीवन आचार्य र विष्णु कटुवालको जोडी सँगको भेट पक्का गरे । जीवन र विष्णुको जोडीले आर्मीका देवराज राना र रोशन साउदको जोडीलाई २१–१५, २१–८ले पराजित गर्दै दाहाल र थापा मगरको जोडी सँगको भेट पक्का गरेका हुन् ।

नेपाल ब्याडमिन्टन संघको तत्त्वावधान तथा बागमती प्रदेश ब्याडमिन्टन संघ तदर्थ समितिको व्यवस्थापनमा भएको प्रतियोगिताको ब्वाइज यु ११ तर्फको खेलमा आर्मीका दीप थिङ्गले आई।बि।एस।सी।का प्रशान्त बुढाथोकीलाई २१–११, २१–१९, सूर्यदर्शन ब्याडमिन्टन एकेडेमीका आदित्य थारुले कपिलवस्तुका विराट बस्नेतलाई २१–११, १९–२१, २१–१६, आई।बि।एस।सी।का प्रिन्स थापा मगरले महाबौद्ध युथ क्लबका आर्भ शाक्यलाई २१–१४, २१–१० तथा दोलखाका आर्नभ श्रेष्ठले आइ.बि.डी.सी.का अक्षत ढुङ्गेललाई २१–१६, १८–२१, २१–१५ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।

यस्तै गर्ल्स  यु १३ तर्फको खेलमा डिबिएकी अस्मिता खत्रीले आर्मीकी समृद्धि श्रेष्ठलाई २१–१६, २१–१९, बेलटार ब्याडमिन्टन एकेडेमीका दिया राईले भक्तपुरकी स्वर्लिन श्रेष्ठलाई २३–२१, २१–१६, एमबिबिएफकी निभा राईले दोलखाकी रितिका श्रेष्ठलाई २१–८, २१–९ र ललितपुरकी टिशा रानी शाक्यले आर्मीकी एजिरेन्का शेरचनलाई २१–९, २१–२ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरे ।

यसै विधाको ब्वाइज तर्फको खेलमा आर्मीका रिजन मगर र दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीलाई २१–१२, २१–१४, सुहम कार्कीले आर्मीका दीप थिङ्गलाई २१–१५, २१–८, एपीएफका आरुष सिमखडाले देवीनगरका प्रवल श्रेष्ठलाई २१–१५, २१–१० र आर्मीका सुदेश राजकोटीले आबिडिसीका अक्षत ढुङ्गेललाई २१–१०, २१–५ ले पराजित गर्दै अन्तिम ४ मा स्थान पक्का गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप