श्रीलंकाविरुद्ध एक सय ६५ रनमै समेटियो जिम्बाबे
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आइतबार खेलिएको श्रीलंकाविरुद्धको खेलमा घरेलु टोली जिम्बाबे एक सय ६५ रनमै समेटिएको छ । श्रीलंका र जिम्बाबेले सुपर सिक्स चरणको खेल खेलिरहेका हुन् ।
टस हारी पहिलो ब्याटिङको निम्तो पाएको जिम्बाबेले ३२.२ ओभरमा अलआउट हुनुअघि एक सय ६५ रनमात्र बनाउन सक्यो । जिम्बाबेका लागि सिन विलियम्सले सर्वाधिक ५६ रन बनाए । सिकन्दर राजाले ३१ रनको योगदान गरे ।
केवल ३० रनको कूल स्कोरमा तीन विकेट गुमाएको जिम्बाबेका माथिल्ला तीन ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्किएका थिए । जिम्बाबेले अतिरिक्त रुपमा १९ रन पाएको थियो । श्रीलंकाका बलर महिश थिक्सनाले चार विकेट लिए ।
यसैगरी दिल्सान मदुसन्काले तीन विकेट लिए । माथिसा पाथिरानाले पनि दुई विकेट हात पारे । अर्को एक विकेट दासुन सानकाले लिएका हुन् । जिम्बाबे र श्रीलंका दुवै आगामी एकदिवसीय विश्वकपमा छनोट हुने प्रबल सम्भावना छ । यी दुवै टोलीको ६—६ अंक रहेको छ ।
जिम्बाबे र श्रीलंकालाई चार अंकसहित स्कटल्यान्ड र दुई अंकसहित नेदरल्यान्ड्सले चुनौति दिइरहेका छन् । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजले भने आगामी एकदिवसीय विश्वकप खेल्न नपाउने पक्का भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण