श्रीलंकाविरुद्ध एक सय ६५ रनमै समेटियो जिम्बाबे

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आइतबार खेलिएको श्रीलंकाविरुद्धको खेलमा घरेलु टोली जिम्बाबे एक सय ६५ रनमै समेटिएको छ । श्रीलंका र जिम्बाबेले सुपर सिक्स चरणको खेल खेलिरहेका हुन् ।
टस हारी पहिलो ब्याटिङको निम्तो पाएको जिम्बाबेले ३२.२ ओभरमा अलआउट हुनुअघि एक सय ६५ रनमात्र बनाउन सक्यो । जिम्बाबेका लागि सिन विलियम्सले सर्वाधिक ५६ रन बनाए । सिकन्दर राजाले ३१ रनको योगदान गरे ।
केवल ३० रनको कूल स्कोरमा तीन विकेट गुमाएको जिम्बाबेका माथिल्ला तीन ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्किएका थिए । जिम्बाबेले अतिरिक्त रुपमा १९ रन पाएको थियो । श्रीलंकाका बलर महिश थिक्सनाले चार विकेट लिए ।
यसैगरी दिल्सान मदुसन्काले तीन विकेट लिए । माथिसा पाथिरानाले पनि दुई विकेट हात पारे । अर्को एक विकेट दासुन सानकाले लिएका हुन् । जिम्बाबे र श्रीलंका दुवै आगामी एकदिवसीय विश्वकपमा छनोट हुने प्रबल सम्भावना छ । यी दुवै टोलीको ६—६ अंक रहेको छ ।
जिम्बाबे र श्रीलंकालाई चार अंकसहित स्कटल्यान्ड र दुई अंकसहित नेदरल्यान्ड्सले चुनौति दिइरहेका छन् । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजले भने आगामी एकदिवसीय विश्वकप खेल्न नपाउने पक्का भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने