डोल्पाका गुम्बामा लुटपाट : शंकाको आधारमा एक जना पक्राउ
सुर्खेत । असार ८ र ९ गते डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा रहेका गुम्बाहरुमा लुटपाट भएको घटनामा संलग्न रहेको आशंकामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख शिवकुमार बुढाथोकीका अनुसार ती व्यक्तिलाई शे–फोक्सुण्डोबाटै पक्राउ गरिएको हो । यद्यपि पक्राउ परेकाको नाम भने उनले खुलाउन चाहेनन् ।
‘हामी अनुसन्धानकै क्रममा छौँ, शंकाको आधारमा मात्र हामीले एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौँ,’ उनले रातोपाटीसँग भने, ‘केही व्यक्तिबाट आएको सूचनाका आधारमा आधारमा नियन्त्रणमा लिइएको हो ।’
शे–फोक्शुण्डोको वडा नं.–४ मा रहेको देछेन लाब्राङ गुम्बामा ८ गते राति ११ बजे र ३ नम्बरमा रहेको शे–चखाङ गुम्बामा ९ गते राति १० बजे हतियारधारी समूह प्रवेश गरी लुटपाट मच्चाएको थियो । उक्त समूहले पुरातात्विक मूर्ति, पूजाका सामानदेखि गुम्बामा भएका सबै गरगहना लुटेर लगेका थिए । साथै उनीहरुले गुम्बाका पुजारीहरुमाथि पनि कुटपिट गरेका थिए ।
भौगोलिक विकटताका कारण घटनाबारे ढिलोगरी जानकारी आएको थियो । जिल्ला सदरमुकामदेखि ७० कोस टाढा रहेको यो स्थानमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नविन प्रकाश चपागाइँको नेतृत्वमा अघिल्लो शनिबार जिल्लाबाट १२ जना प्रहरीको टोली पठाइएको थियो ।
तीन दिनको समय लगाएर घटनास्थल पुगेको प्रहरी टोली घटनाबारे जानकारी लिएर सोमबार जिल्ला सदरमुकाम फर्कने तयारीमा छ । ‘बाँकी अनुसन्धानको पाटो पनि अघि बढिरहेको छ, केही दिन हेरौँ, घटनास्थलमा गएको टोलीले सबैतिर हेरेर आउँछ,’ डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले रातोपाटीसँग भने ।
उनका अनुसार चारवटै सुरक्षा निकायलाई विभिन्न ठाउँमा परिचालन गरिएको छ । साथै डोल्पाबाट अन्तरजिल्ला जोड्ने नाकाहरुमा समेत चेकजाँचलाई कडाई गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा उपमहानगरको उपलब्धि : ४ वर्षमा १० किलोमिटर कालोपत्र सडक
-
नेदरल्यान्ड्स र मोरक्कोबिच प्रतिस्पर्धा सुरु
-
सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
-
मनसुन थप सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
-
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण