बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एनआइएमबि एस क्यापिटल लिमिटेडको एकीकृत कारोबार सुरु

सोमबार, १८ असार २०८०, १२ : ०३
सोमबार, १८ असार २०८०

काठमाडौँ । एनआईबिएल एस क्यापिटल लिमिटेडले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति गरेपछि सोमबारदेखि ‘एनआइएमबि एस क्यापिटल लिमिटेड’ का रुपमा एकीकृत व्यवसाय तथा कारोबार सञ्चालन सुरु गरेको छ । यस सम्बन्धमा दुवै संस्थाहरुकोे जेठ २९ गते सम्पन्न विशेष साधारण सभाले प्रस्ताव पारित गरेको थियो । 

प्राप्ति पश्चात् कम्पनीको चुक्ता पुँजी ४७ करोड हुने, ४ लाख ८५ हजार भन्दा बढी हितग्राही खाता, ७ वटा शाखा कार्यालयहरू र ५५ वटा भन्दा बढी कम्पनीको शेयर रजिस्ट्रार कार्य मार्फत करिब २५ लाख भन्दा बढी शेयरधनीहरुलाई सेवा प्रदान हुने भएको छ । 

प्राप्ति (एक्विजिसन) पश्चात् साबिकको एनआईबिएल एस क्यापिटल लिमिटेडको नाम समेत एनआइएमबि एस क्यापिटल लिमिटेड हुने गरी परिवर्तन गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार ११ मा स्वीकृति प्राप्त भइसकेकोे छ । साबिकका दुवै संस्थाहरूको मिति असार १२ मा बसेको सञ्चालक समितिको छुट्टाछुट्टै बैठकको निर्णय बमोजिम प्राप्ति पश्चात् परिवर्तित नाम “एनआइएमबि एस क्यापिटल लिमिटेड” अनुसार कारोबार सुरु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप