बाढीमा बेपत्ता भएका एकको पहिचान खुल्यो
किमाथाङ्का । सङ्खुवासभाको चैनपुर नगरपालिका–११ दुम्कट्टामा फेला परेको शवको पहिचान खुलेको छ । गत असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले हेँवा खोलामा बेपत्तामध्ये एकजनाको शव चैनपुर–११, दुम्कट्टामा फेला परेको थियो ।
यही असार १४ गते दुम्कट्टामा फेला परेको बर्दियाका कालीराम थारू रेहको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । थारू सुपर हेँवा कम्पनीका सहायक चालक रहेको प्रहरीले जनाएको छ ।
चालक थारूको शव आज आफन्तले जिम्मा लिएपछि जिल्ला अस्पताल सङ्खुवासभामा शवपरीक्षण गरिएको छ । थारूको आजै खाँदबारी नगरपालिका–९ स्थित मनकामनाघाटमा थारू परम्पराअनुसार अन्त्यष्टि गरिएको छ । बाढी पहिरामा परेको अन्य १९ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बाढीपहिराका कारण जिल्लाका विभिन्न स्थानका २० घरपरिवार विस्थापित भएका छन् । बाढीपहिराबाट विस्थापित भएका २० घरपरिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् ।
चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिराले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो । बाढीले तीनवटा पक्की पुलमा क्षति पुर्याएको छ । बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षतिको भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण