राजसंस्थाको विषयमा राप्रपा नेपालले पुनर्विचार गर्छ : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्विचार गर्ने बताएका छन् ।
राजसंस्थाको औचित्य र आवश्यकता रहेको भन्दै उनले केन्द्रीय समिति बैठकको धारणा र कार्यकर्ताको भावनाको सम्मान गर्दै राजसंस्थाको विषयमा लिइराखेको नीतिमा पुनर्विचार गरिने स्पष्ट पारे ।
बुधबार पार्टी आबद्ध जनवर्गिय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले कांग्रेस कम्युनिस्ट प्रति जनताको चरम वितृष्णा रहेको भन्दै अध्यक्ष थापाले २०८४ को निर्वाचनमा नयाँ शक्ति जनताको रोजाई हुने बताए । थापाले नयाँ शक्ति राप्रपा नेपाललाई बनाउनु पर्ने भन्दै सबै जनवर्गीय संगठनहरुलाई संगठन केन्द्रित हुन निर्देशन दिए ।
भ्रष्टाचार, बेरोजगारी, धर्म परिवर्तन र कुशासनको विरुद्धमा जनतालाई जगाउनु पर्ने भन्दै थापाले जनताको पक्षमा दृढता पूर्वक उभिन समेत आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण