हर्क साम्पाङलाई खानेपानी बोर्डको अध्यक्ष बन्न उच्च अदालतको स्वीकृत
विराटनगर । आफूखुसी खानेपानी बोर्डको अध्यक्ष बनेको भन्दै धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङविरुद्ध परेको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
अदालतको यो आदेशसँगै हर्क साम्पाङले धरान खानेपानी बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने बाटो खुलेको छ । साम्पाङविरुद्ध खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठलगायतले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।
उक्त रिटको सुनुवाइ गर्दै न्यायाधीश कृष्णकमल अधिकारी र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधबार साम्पाङलाई बोर्डको अध्यक्षकै रुपमा काम गर्ने बाटो खोलिदिएको हो । रिटमा उच्च अदालत विराटनगरले जेठ २६ गते अल्पकालीन अन्तरिम आदेश दिएर दुवै पक्षलाई बोलाएको थियो ।
‘निवेदन हेर्दा तत्काल बैठक बोलाइ कार्यकारी समितिको गठनलाई पूर्णता दिनु, कार्यकारी समितिको बैठक नबसी कुनै पनि नीतिगत निर्णय नगर्नु नगराउनु, वैधानिक तरिकाबाट अध्यक्षको छनोट नहुँदासम्म कसैले पनि अध्यक्ष लेखि काम कारवाही नगर्नु नगराउनु भनि अन्तरिम आदेश जारी गरिपाऊँ भन्ने माग गरेको देखियो,’ उच्चले गरेको आदेशमा भनिएको छ, ‘निवेदकको माग गरेको उल्लेखित विषयमा अन्तरिम आदेश जारी नहुँदा निज (निवेदक)लाई अपूरणीय क्षति हुने अवस्था नदेखिएको र विपक्षीको लिखित जवाफ परी अन्तरिम सुनुवाइको क्रममा सो विषयमा सम्बोधन हुने प्रकृतिको देखिएबाट निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नहुँदा यस अदालतबाट जेठ २६ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु परेन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण