स्कुले विद्यार्थीलाई ओलीले भने–देशले विवेकी नागरिक मागेको छ, राम्ररी पढ्नु
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्कुले विद्यार्थीसँग रमाएका छन् । बुधबार संसद् परिसरमा अध्यक्ष ओली स्कुले विद्यार्थीसँग रमाएका हुन् ।
संसदबाट बाहिरिएपछि ओलीले विद्यार्थीसँग फोटोसमेत खिचेका छन् । उक्त फोटो सामाजिक सञ्जालमा राख्दै ओलीले लेखेका छन्, 'खुलेको आकाश, खुलेका चेहरा !! आज संसदबाट बाहिरिँदै गर्दा गाडी चढेर पर पुगिसकेको थिएँ । झरीपछि खुलेको आकाश सफा देखिएको थियो । संसद् परिसरमा स्कुले नानीहरु दौडिँदै आए । गाडी रोकेर ओर्लिएँ र उनीहरुसँग एक छिन् समय बिताएँ । उनीहरुका आँखा र चेहरा खुलेको आकाशभन्दा पनि सफा थिए । हेरिरहे र सेल्फी खिचे । प्यारा नानीबाबुहरू ! देशले विवेकी नागरिक मागेको छ । राम्ररी पढ्नु, राम्रो बन्नु ।'
अध्यक्ष ओली बालबालिकासँग रमाउने नेतामा पर्छन् ।यसअघि पनि उनले विद्यार्थीसँग फुटपाथमा मकै खाएको तस्बिर सार्वजनिक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
सत्ता समिकरणबारे छलफल गर्न गण्डकी एमालेको बैठक बस्दै
-
औद्योगिक क्षेत्रको अनुगमन कर्मकाण्डी मात्र भएको भन्दै कांग्रेस सांसदहरूको असन्तुष्टि
-
जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारका पक्राउ
-
प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा
-
पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै
-
मिटरब्याजी पीडितसँग वार्ता गर्न सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण