इलामको महभीर चटानमा आरोहणको रुट बनाउन थालियो
काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही तथा इलाम नगरपालिकाको पर्यटन सदभावना दूत कल्पना महर्जनको संयोजकत्वमा इलाम नगरपालिका वडा नम्बर ८ मा रहेको महभीर चटानमा आरोहणको रुट वढाउने कार्य सुरु गरिएको छ ।
उक्त रुट फिक्सिगको लिड इन्टरनेशल माउन्टेन गाइड नरबहादुर अस्तानीले गरेका थिए । साथमा सहयोगीहरू सुजन गुरुग, थोप्टेन लामा र सज्जन घले रहेका छन् । यसको व्यवस्थापन भने क्लाम्विग पर्यटकीय क्षेत्र प्रवद्र्धन विकास समितिले इलाम नगरपालिका ८ महभीरको रहेको छ ।
इलाम नगरपालिका र पर्यटन वोर्डको आर्थिक व्यस्थापनबाट महभीरमा रहेको चटानमा ६ वटा विभिन्न ग्रेडको रुट बनाउने कार्य भइरहेको विश्व कीर्तिमानी सगरमाथा आरोही इलाम पर्यटन सदभावना दूत महर्जनले बताइन् । रुट बनाउने कार्य एक हप्ताभित्र सकाउने योजना राखिएको छ । नेपालको पूर्वी क्षेत्रमा बनाउन लागिएको यो पहिलो रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थितिमा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण