प्रधानमन्त्रीले गल्ती गरे तर विपक्षीमा पनि बुद्धिमत्ता देखिएन : महामन्त्री शर्मा
काठमाडौँ । हालै आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको अभिव्यक्ति गलत भए पनि यस विषयमा प्रतिपक्षले पनि बुद्धिमत्ता देखाउन नसकेको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जिकिर गरेका छन् । हलुका अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती भएको बताउँदै विपक्षीको विरोधका कारण मिटर ब्याज पीडितहरूलाई न्याय दिन ल्याइएको विधेयक निष्क्रिय भएकोमा पनि महामन्त्री शर्माले दुःख व्यक्त रेका हुन् ।
महामन्त्री शर्माले सामाजिक सञ्जालमा लेखेका छन्-
‘नेपालको प्रम नेपालको संसद्ले चयन गर्दछ र गर्ने हो l मित्र राष्ट्रहरूलाई मित्रताकै सीमामा राख्ने कर्तव्य मूलत: प्रमकै हो ! अतः प्रश्न हामी नै उठाइरहेका छौँ, प्रतिपक्षको त मूल कर्तव्य नै हो ! आलोच्य अभिव्यक्तिको आलोचना जरुरी l तर मिटर ब्याज पीडितहरूलाई न्याय दिन ल्याइएको `केही नेपाल ऐन संशोधन गर्ने विधेयक´ आज संसद्बाट पारित नहुँदा निष्क्रिय भएको छ l `विधेयक पारित हुन दिएर मात्र अवरोध गरौँ´ भन्ने बुद्धिमत्ता कुनै पनि विपक्षी दलमा देखिएन l अत्यन्तै दुःखद !!!! मिटर ब्याजीहरुलाई कारबाही गर्न र पीडितलाई न्याय दिन सरकारले ल्याएको अध्यादेश संविधानको धारा ११४ अनुरूप आज ६० दिन कट्नुपूर्व संसद्बाट पारित नभएपछि स्वतः निष्क्रिय भएको छ l एकापसलाई दोष दिएर हामी उम्कौँला तर पीडितलाई जवाफ के दिने ? कि फेरि तिनको आन्दोलनमा पलेटी मार्न जाने ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण