सार्वजनिक जग्गा मास्न लागेको भन्दै ललितपुर महानगर अगाडि प्रदर्शन (तस्बिरहरू)
बिहीबार, २१ असार २०८०, १३ : ०३
ललितपुर । सार्वजनिक जग्गा व्यापारिक प्रयोजनका लागि भूमाफियालाई ठेक्का दिएको भन्दै विभिन्न टोल सुधार समिति, टोल विकास समिति, क्लब तथा संस्थाहरूले ललितपुर महानगरपालिका अगाडि प्रदर्शन गरेका छन् ।
सार्वजनिक जग्गामा व्यापारिक कम्प्लेक्स बनाउन नदिने बताउँदै उनीहरूले मेयर र वडा नम्बर १२ का वडाध्यक्षले गरेको निर्णय नमान्ने उनीहरूले बताएका छन् ।
उनीहरूले जनताको भावनालाई कदर गर्दै सो ठेक्का रद्द गर्न माग गरेका छन् । आफूहरू सार्वजनिक जग्गा जोगाउन प्रदर्शनमा उत्रिनुपरेको बताएका छन् । प्रदर्शनकारीहरूले विभिन्न प्लेकार्डसहित पुल्चोकस्थित महानगरपालिकाको भवनअघि नाराबाजी गरेका थिए ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण