शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ प्रदेश अनुसार एसईईको नतिजा, बागमती प्रदेशमा सबैभन्दा राम्रो

बिहीबार, २१ असार २०८०, १९ : ५१
बिहीबार, २१ असार २०८०

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजामा प्रदेशगत विवरण हेर्दा बागमती प्रदेशमा सबैभन्दा राम्रो नतिजा देखिएको छ । 

बागमती प्रदेशबाट २०.९७ प्रतिशत परीक्षार्थी परीक्षामा सहभागी थिए । जसमा ११ हजार ४८१ विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । त्यस्तै ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या २० हजार २२१ रहेको छ । 

२.८० देखि ३.२० जीपीए ल्याउने १९ हजार २८८, २.४० देखि २.८० जीपीए ल्याउने १८ हजार ३१२, २ देखि २.४० जीपीए ल्याउने १६ हजार २०५, १.६० देखि २ जीपीए ल्याउने ९ हजार २६४, १.२० देखि १.६० जीपीए ल्याउने विद्यार्थीको संख्या २ हजार ५४३, ०.८० देखि १.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ११३ र नन ग्रेडेड ल्याउने विद्यार्थीको संख्या १ हजार ८१६ रहेका छन् । 

कोशी प्रदेश:

कोशी प्रदेशबाट यो वर्षको एसईईमा १६.३४ प्रतिशत परीक्षार्थीले परीक्षा दिएका थिए । ति मध्ये २ हजार ७०७ विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । त्यस्तै ८ हजार ३३२ विद्यार्थीले ३.२० देखि ३.६० जीपीए, ११ हजार ६२९ विद्यार्थीले २.८० देखि ३.२० जीपीए, १४ हजार ६३२ विद्यार्थीले २.४० देखि २.८० जीपीए, १७ हजार ६७१ विद्यार्थीले २ देखि २.४० जीपीए ल्याएका छन् ।

त्यस्तै १४ हजार ३५४ विद्यार्थीले १.६० देखि २ जीपीए, ४ हजार ९५८ विद्यार्थीले १.२० देखि १.६० जीपीए, २६४ विद्यार्थीले ०.८० देखि १.२० जीपीए र २ हजार १९६ विद्यार्थीले एनजी ल्याएका छन् । 

मधेश प्रदेश: 

२०७९ को एसईईमा मधेश प्रदेशबाट १६.५० प्रतिशत विद्यार्थी सहभागी भएका थिए । जसमध्ये २ हजार १८५ विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । त्यस्तै ८ हजार ४४९ विद्यार्थीले ३.२० देखि ३.६० जीपीए, ११ हजार ५११ विद्यार्थीले २.८० देखि ३.२० जीपीए, १४ हजार ८० विद्यार्थीले २.४० देखि २.८० जीपीए, १६ हजार ३१ विद्यार्थीले २ देखि २.४० जीपीए ल्याएका छन् ।

त्यस्तै १४ हजार ४९८ विद्यार्थीले १.६० देखि २ जीपीए, ७ हजार २५० विद्यार्थीले १.२० देखि १.६० जीपीए, २६५ विद्यार्थीले ०.८० देखि १.२० जीपीए र ३ हजार ५५ विद्यार्थीले एनजी ल्याएका छन् । 

गण्डकी प्रदेश: 

गण्डकी प्रदेशबाट ८.९२ प्रतिशत विद्यार्थीले एसईई दिएका थिए । जसमा १ हजार ६४७ विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । त्यस्तै ४ हजार ६९३ विद्यार्थीले ३.२० देखि ३.६० जीपीए, ६ हजार ८५७ विद्यार्थीले २.८० देखि ३.२० जीपीए, ८ हजार ८७० विद्यार्थीले २.४० देखि २.८० जीपीए, ९ हजार ७९२ विद्यार्थीले २ देखि २.४० जीपीए ल्याएका छन् ।

त्यस्तै ७ हजार २७५ विद्यार्थीले १.६० देखि २ जीपीए, २ हजार ५८ विद्यार्थीले १.२० देखि १.६० जीपीए, ८२ विद्यार्थीले ०.८० देखि १.२० जीपीए र ६१० विद्यार्थीले एनजी ल्याएका छन् । 

लुम्बिनी प्रदेश: 

लुम्बिी प्रदेशबाट १७.६७ प्रतिशत विद्यार्थीले एसईई दिएका थिए । जसमध्ये २ हजार ७९५ विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । त्यस्तै ६ हजार ८१३ विद्यार्थीले ३.२० देखि ३.६० जीपीए, १० हजार २०१ विद्यार्थीले २.८० देखि ३.२० जीपीए, १३ हजार ३३२ विद्यार्थीले २.४० देखि २.८० जीपीए, १७ हजार ९७ विद्यार्थीले २ देखि २.४० जीपीए ल्याएका छन् ।

त्यस्तै १८ हजार ९६० विद्यार्थीले १.६० देखि २ जीपीए, १० हजार ५७३ विद्यार्थीले १.२० देखि १.६० जीपीए, ७१९ विद्यार्थीले ०.८० देखि १.२० जीपीए र २ हजार १८७ विद्यार्थीले एनजी ल्याएका छन् । 

कर्णाली प्रदेश: 

कर्णाली प्रदेशबाट ७.९६ प्रतिशत विद्यार्थीले एसईई दिएका थिए । जसमध्ये २४० विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । त्यस्तै १ हजार ३३२ विद्यार्थीले ३.२० देखि ३.६० जीपीए, ३ हजार ६८८ विद्यार्थीले २.८० देखि ३.२० जीपीए, ८ हजार ११२ विद्यार्थीले २.४० देखि २.८० जीपीए, ११ हजार २३९ विद्यार्थीले २ देखि २.४० जीपीए ल्याएका छन् ।

त्यस्तै ८ हजार ५८९ विद्यार्थीले १.६० देखि २ जीपीए, २ हजार ५४४ विद्यार्थीले १.२० देखि १.६० जीपीए, १२४ विद्यार्थीले ०.८० देखि १.२० जीपीए र १ हजार १५८९ विद्यार्थीले एनजी ल्याएका छन् । 

सुदूरपश्चिम प्रदेश:

सुदूरपश्चिम प्रदेशबाट ११.५७ प्रतिशत विद्यार्थीले एसईई दिएका थिए । जसमध्ये ४०० विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । त्यस्तै १ हजार ८१० विद्यार्थीले ३.२० देखि ३.६० जीपीए, ३ हजार ९९३ विद्यार्थीले २.८० देखि ३.२० जीपीए, ८ हजार १२ विद्यार्थीले २.४० देखि २.८० जीपीए, १२ हजार ९६८ विद्यार्थीले २ देखि २.४० जीपीए ल्याएका छन् ।

त्यस्तै १५ हजार २८९ विद्यार्थीले १.६० देखि २ जीपीए, ८ हजार ८३३ विद्यार्थीले १.२० देखि १.६० जीपीए, ६३३ विद्यार्थीले ०.८० देखि १.२० जीपीए र २ हजार ३२० विद्यार्थीले एनजी ल्याएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप