अभिनेता सारुकको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौँ । अभिनेता सारुक ताम्राकारको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अभिनेता ताम्राकारको पार्थिव शरीरमा बुवा सानु ताम्राकारले दाबवत्ती दिएका छन् । अन्त्येष्टि अघि ताम्राकारको शव पशुपति आर्यघाटमै अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । कलाकार संघले आफ्नो झण्डा ओढाएर उनलाई श्रद्धाञ्जली दिएको थियो । उनलाई श्रद्धाञ्जली दिन चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, पूर्व अध्यक्ष रविन्द्र खड्का, अभिनेता शिव श्रेष्ठ, पवित्रा आचार्य, सौगात मल्ल, कृष्ण मल्ल, शर्मिला मल्ल, सविन श्रेष्ठ, गोपाल ढकाल ‘छन्दे’, धिरज मगर, खुस्बु खड्का, रमेश बुढाथोकी, मदनदाश श्रेष्ठ, नवल नेपाल, कृष्ण ढुंगाना, भोलाराज सापकोटा, सुनिल कटुवाल लगायत थुप्रै कलाकर्मी पशुपति आर्यघाट पुगेका थिए ।
_MJMJwpssvY.jpg)
ताम्राकारको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि मात्र पशुपति आर्यघाट पुर्याइएको थियो । ताम्राकारले बिहीबार साँझ रातोपुलस्थित आफ्नै निजी निवासमा आत्महत्या गरेका थिए । उनलाई आफ्नो घरको छिँडीमा घाटीमा पासो लगाएको अवस्थामा फेला पारिएको थियो ।
सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । उनी पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठ अभिनित फिल्म ‘ह्यासट्याग माया’ मा अभिनयरत थिए । फिल्म हाल छायाङ्कनरत छ । फिल्मको मुख्य अभिनेता समेत रहेका उनी बिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए । ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ लगायत फिल्म अभिनय गरेका सारुकको छायाङ्कनरत फिल्म ‘ह्यासट्याग माया’को ३० प्रतिसत मात्र छायांकन सकिएको छ, भने उनी अभिनित ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनमा आउन बाँकी छ ।
_2qUZeaNH0o.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण