सङ्खुवासभामा बाढीले बगाएको पुल चाँडो निर्माण गर्न मन्त्रीसमक्ष माग
काठमाडौँ । सङ्खुवासभामा आएको बाढीबाट क्षति पुगेको पुल चाँडो निर्माण गर्न माग गरिएको छ । सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज शहरी विकासमन्त्री सीता गुरुङलाई भेटेर यही असार २ गते आएको बाढीले हेवाखोला र पिलुवाखोलामा रहेका दुई वटा पक्की पुल बगाएको भन्दै उक्त पुल चाँडो निर्माण गर्न माग गरेको हो ।
भेटमा सांसद खड्काले बाढीले पक्की पुल बगाउँदा चैनपुर र पाँचखपनमा आवातजावतको समस्या भएको भन्दै चाँडो पुल निर्माणका लागि मन्त्री गुरुङको ध्यानाकर्षण गराएका हुन् । “सङ्खुवासभामा आएको बाढीले पक्की पुल र झोलुङ्गे पुल बगाउनुका साथै १९ घर विस्थापित भएका छन्, पुल चाँडो निर्माण र विस्थापित जनतालाई चाँडो बासको व्यवस्था होस्”, उनले भने ।
उक्त बाढीपहिराले सङ्खुवासभाका १० वटा जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । भेटमा मन्त्री गुरुङले सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लामा बाढीपहिराले पुर्याएको क्षतिबारे सरकार जानकार रहेको भन्दै पुल निर्माणका लागि सरकारी टोलीलाई घटनास्थलमा खटाइसकिएको जानकारी दिए । “झोलुङ्गे पुल निर्माणको कामलाई तत्काल अगाडि बढाउँछौँ, बेलिब्रिज निर्माणका लागि आवश्यक निकायसँग सहकार्य गरेर चाँडो काम थाल्छौँ”, मन्त्री गुरुङले भने ।
उनले आगामी वर्षका लागि भैपरी आउने खर्च र बेलिब्रिजका लागि शहरी विकास मन्त्रालयले बजेट विनियोजन गरे पनि चालु आवका लागि भने बेलिब्रिज निर्माणमा केही जटिलता रहेकाले सम्बन्धित मन्त्रालयसँग सहकार्य गरेर काम अगाडि बढाइने बताए ।
भेटमा कांग्रेस सङ्खुवासभाका पूर्वसभापति जनक थापा, दीपनकुमार श्रेष्ठ, क्षेत्रीय सभापति दीपेन्द्रमान शाक्य, महासमिति सदस्य थलकुमार लिङ्खा, महाधिवेशन प्रतिनिधि दीपेन्द्र वान्तवालगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण