बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
आइतबार, २४ असार २०८०, ११ : २६
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासङ्घले आजको बजार भाउ तय गर्दै गत साताको शुक्रवारको तुलनामा सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो ।
आज तोलामा ७०० रुपैयाँले सुनको मूल्य बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ७५० रुपैयाँ कायम छ ।
गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ कायम थियो । शुक्रवार सुनको मूल्य प्रतितोला १०० रुपैयाँ घटेर कारोबारमा आएको थियो ।
यस्तै, आज चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज आइतबार १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण